नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङले पाए पुनः नियुक्ति
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई ऊर्जा जलस्रोत तथा सिचाईं मन्त्रालयमा सरुवा गर्दै प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गरेको हो। उज्यालो नेपालका प्रवर्धक भन्दै चौतर्फी हाईहाई पाएका कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको थियो ।
केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रक्रिया अगाडि बढाउन ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएपनि कुलमानको पुनरागमनको चर्चा चलेको थियो । प्रधानमन्त्रीको निर्देशनपछि ऊर्जामन्त्री भुसालले वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह भनेकी थिइन् । तर, शाक्यले आफू जहाँ खटाए पनि जाने तर राजीनामा नदिने अडान राखे । शाक्यलाई उर्जा आयोगमा सचिवसरहको पूर्णकालीन पद सिर्जना गरी सरुवा गरिएको छ ।
यसअघि अहिलेका अर्थमन्त्री जनार्दन शर्मा उर्जामन्त्री हुँदा नियुक्ति पाएर ४ वर्ष विद्युत प्राधिकरणको बागडोर सम्हालेका कुलमानले लोडसेडिङ अन्त्य गर्दै बिजुलीको नियमिततामा उल्लेख्यक सुधार गरेका थिए । चुहावट रोक्नेदेखी प्राधिकरणको आम्दानी समेत बढाएका थिए । सुधार भैसकेको विद्युत प्राधिकरणमा भन्दा पनि घिसिङलाई नेपाल वायुसेवा निगमनमा लगेर धारासायी बनेको निगम सुधार्न समेत कतिपयले सुझाब दिएका थिए ।
क्याटेगोरी : अर्थ, जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कुलमान घिसिङ, #कुलमान घिसिङ नियुक्त
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्