बिहीबारदेखी उपत्यकामा ८ बजेपछि सवारीसाधन चलाउन नपाईने, निषेधाज्ञा भदौँ ८ सम्म
काठमाडौं । काठमाडौं उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णयसहित दुई साता निषेधाज्ञा लम्ब्याइएको छ । उपत्यकाका तीन जिल्लाका जिसिडियोहरुको बैठकले बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारी साधनको आवतजावतमा कडाइ गरिएको जानकारी दिए ।
बिहीबारदेखि काठमाडौँ, ललितपुर र भक्तपुर क्षेत्रमा बेलुकी ८ बजेदेखि सबै सवारी साधनहरु सञ्चालनमा रोक लगाउने भएको छ । भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईले समेत अत्यावश्यक सवारी साधनहरु भने जुनसुकै समय चल्न पाउने जानकारी दिए । अत्यावश्यक सवारीसाधनलाई भने जुन कुनै समयमा निर्वाध चल्न दिइने जनाइएको छ । अहिले जारी निषेधाज्ञा बुधबार राति सकिनेछ । थपिएको निषेधाज्ञा बिहीबारदेखि भदौ ८ गतेसम्म कायम रहने बताइएको छ ।
निषेधाज्ञामा थप कडाई
साउन २८ देखि भदौ ८ सम्म जारी रहने निषेधाज्ञालाई प्रजिअहरुको बैठकले कडाइ गर्ने निर्णय गरेको छ । बसमा सिटभन्दा बढी यात्रु नराख्न सचेत गराइएको छ भने ट्याम्पो लगायतका साना सवारी साधनमा समेत कोचाकोच यात्रु नबोक्न सचेत गराईएको छ । सर्वसाधारणहरुलाई अर्को व्यक्तिसँग दुई मिटर दुरी पालना गर्न र अत्यावश्यकबिना बाहिर ननिस्कन भनिएको छ । पसल तथा व्यवसाय ७ बजेसम्म सञ्चालन गर्न पाउने र स्वास्थ्य मापदण्डहरु पालना नगरिए बन्द गरिने चेतावनी दिइएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #काठमाडौं उपत्यका
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्