अमेरिकन ३१ बर्षिय महिला समान्था राम्सडेलले बनाईन ठूलो मुख भएको विश्व रेकर्ड
एजेन्सी । अमेरिकाको कनेक्टिकटकी समान्था राम्सडेलले ठूलो मुख भएको विश्व रेकर्ड बनाएकी छन् । राम्सडेलको मुख ६.५६ सेन्टिमिटरसम्म खुल्ने र तेस्रो नाप्दा १० सेन्टिमिटरसम्म पुग्ने गिनिज बुक अफ वर्ल्ड रेकर्डले जानकारी दिएको हो । राम्सडेलले आफूलाई आफ्नो मुख जहिले पनि ठूलो लाग्ने भए पनि टिकटकमा भिडियो पोष्ट गरेपछि मात्र यो कीर्तिमानी रेकर्ड हुने जानकारी पाएको बताएकी छन् ।
सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले उनलाई कीर्तिमानका लागि प्रयास गर्न भनेपछि उनी गिनिज बुकमा नाम लेखाउन पुगेकी थिइन् । ३१ वर्षीया राम्सडेलको टिकटकमा १७ लाख फलोअर्सहरु रहेका छन् । ‘मेरो मुखको कारणले म यति चर्चित हुन्छु भन्ने सोचेको पनि थिइनँ,’ राम्सडेल भन्छिन् । भिडियोहरुमा उनले मुखमा एकैपटक तीनवटा डोनट अटाएको, ठूलो मात्रामा फ्राइजहरु अटाएको लगायत भिडियोहरु भाइरल भएका छन् । स्रोतःसीएनएनबाट
क्याटेगोरी : विदेश, सामाजिक सञ्जाल
ट्याग : #ठूलो मुख भएको विश्व रेकर्ड, #समान्था राम्सडेल
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्