पाकिस्तानस्थित चिनियाँ परियोजनामा कामदारहरुको साथमा बन्दुक
एजेन्सी । पाकिस्तानमा चिनियाँ परियोजनामा कामदारहरुले बन्दुक साथमा राखेर काम गरिरहेका छन् । पाकिस्तानको दासु क्षेत्रमा बम बिष्फोटमा नौ जना चिनियाँ कामदारहरुको ज्यान गएपछि चिनियाँ परियोजनाका कामदारहरुले साथमा बन्दुक राखेर काम गरिरहेका छन् ।
पाकिस्तानमा चीन पाकिस्तान आर्थिक कोरिडोर परियोजना लक्षित आक्रमण तथा घटना हुने गरेको आशंका को बीच चिनियाँ कामदारहरुले साथमा बन्दुक राख्न थालेका हुन् । उनीहरुले आत्मरक्षाका लागि एके फोट्टी सेभेन बन्दुक साथमा राख्ने गरेको पाईएको छ । गत जुलाई १४ मा खेबर पख्तुन्ख्वास्थित दासु जलबिधुत परियोजना तर्फ गईरहेका कामदारहरु सवार बस बिष्फोट भई दुर्घटना भएको थियो ।
बस बिष्फोटमा नौ जना चिनियाँ कामदार सहित १२ जनाको ज्यान गएको थियो । कामदारहरुले बन्दुक साथमा राखको बिषयले स्पेशल सेक्युरीटी डिभिजन माथि प्रश्न उठेको छ । पाकिस्तान सरकारले चीन पाकिस्तान आर्थिक कोरिडोर परियोजनाको सुरक्षाका लागि सन् २०१६ मा उक्त स्पेशल सेक्युरिटी डिभिजन स्थापना गरेको हो । स्रोतः विअन
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्