प्रचण्डलाई भिम रावलको जवाफः आफू ढलेको नभइ एमाले ढाल्ने षडयन्त्रविरुद्ध उभिएको हुँ
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डाक्टर भीम रावलले कोही पनि आफ्नो पार्टी फुटाएर अरू कसैका लागि लम्पसार पर्न गठबन्धनमा सामेल नभएको जनाएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिव्यक्ति प्रती आपत्ति जनाउँदै रावलले एमाले ढाल्ने षडयन्त्रविरूद्ध उभिएको बताएका छन् ।
वक्तव्य सहित सामाजिक संजालमा लेख्दै रावलले प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएर आफू ‘ढलेको’ नभइ नेकपा एमालेलाई ढाल्ने षड्यन्त्रका विरुद्ध उभिएको प्रष्ट पारेका छन् । उनले आफू स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको समेत दावी गरेका छन् । गठबन्धन निर्माण पनि सबैको आ–आफ्नो स्वार्थमा बनेको र साझा स्वार्थ मिल्दासम्म मात्र त्यसमा सहकार्य हुने उनको भनाइ छ ।
क्याटेगोरी : देश/दुनियाँ, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #पुष्पकमल दाहाल, #प्रचण्ड, #भीम रावल
ताजा खबर
- १प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- २इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ३मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ४खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग
- ५सभामुखलाई प्रयोग गरिएको शब्दले प्रतिनिधिसभा बैठक नै प्रभावित



तपाईको कमेन्ट लेख्नुहोस्