प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको आज ३९ औं स्मृति दिवस, बिभिन्न कार्यक्रम मार्फत सम्झना

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम जननायक वीपी कोइरालाको आज ३९ औं स्मृति दिवस । हरेक वर्ष साउन ६ का दिन जननायक विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवस मनाउने गरिन्छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको २०३९ साउन ६ गते आजकै दिन निधन भएको थियो ।
जीवनको लामो समयसम्म नेपाली काँग्रेसको नेतृत्व गरी २०१५ सालको आमनिर्वाचनमा काँग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि उनी प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्वप्रदान गरेका थिए । आफनो कार्यकालमा उनले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अघि बढाएका थिए ।
नेपाली साहित्यका क्षेत्रमा समेत महत्वपूर्ण योगदान पु¥याएका बीपीलाई साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तकका रुपमा स्मरण गरिन्छ । उनका डेढ दर्जन कृति प्रकाशित छन् । कोइरालाका ‘तीन घुम्ती’, ‘मोदीआइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, ‘बाबु, आमा र छोरा’ गरी छ वटा उपन्यास प्रकाशित छन् । ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’अनि हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’पनि प्रकाशित छन । पछिल्लो समय नेपाली कांग्रेसले वीपीको विचार, आदर्श र सिद्धान्त छोडेको भन्दै असन्तुष्टि बढिरहेको छ ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार, साहित्य
ट्याग : #वीपी कोइराला
ताजा खबर
- १प्रधानमन्त्रीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- २असार ६ गते प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर
- ३संसदमा सूर्य थापाको नियमापत्ति, भने हामी रत्नपार्कमा छौँ ? मैले बुझ्न सकिनँ
- ४धरौटीमा छोड्ने आदेशपछि राणाः राज्यले फसाउन खोज्यो अदालतले बुझ्यो
- ५अमरेशलाई आरजुले दायर गरेको मुद्दामा अदालतले माग्यो अडियो–भिडियो
तपाईको कमेन्ट लेख्नुहोस्