पाकिस्तानमा चिनियाँ परियोजनाका कामदारहरु विभिन्न आक्रमण र दुर्घटनाका शिकार

एजेन्सी। पाकिस्तानमा चिनियाँ परियोजनामा आबद्ध चिनियाँ कामदारहरु विभिन्न आक्रमण र दुर्घटनामा पर्ने गरेका छन् । पाकिस्तानमा चिनियाँ परियोजनामा आबद्ध कामदार तथा ईन्जिनियरहरु विभिन्न दुर्घटनाको शिकार बन्दै आएको पाइएको छ । सन् २००४ मे ३ मा ग्वाद्दर मा भएको कार बम बिष्फोटमा तीन चिनियाँ ईन्जिनियरहरुको ज्यान गएको थियो ।
सन् २००२ मा एघार फ्रान्सेली कामदारहरुको ज्यान जाने गरि भएको कराँची आक्रमणपछि विदेशी कामदारहरुको ज्यान गएको यो अर्को ठुलो दुर्घटना हो । ग्वाद्दर बन्दरगाह निर्माण कार्यमा त्यो समयमा चार सय भन्दा बढी चिनियाँ ईन्जिनियर तथा कामदारहरु कार्यरत थिए । पछिल्लो समयमा पाकिस्तानको उत्तरी क्षेत्रस्थित कोहिस्तानमा भएको बस दुर्घटनामा नौ जना चिनियाँ कामदारहरुको ज्यान गएको छ ।
कोहिस्तानस्थित जलबिधुत परियोजनामा कार्यरत चिनियाँ तथा पाकिस्तानी कामदार बोकेको बस दुर्घटनामा परेको हो । उक्त जलबिधुत परियोजना चीन पाकिस्तान आर्थिक कोरिडोर परियोजना को हिस्सा रहेको बताईएको छ । पाकिस्तानमा चिनिँया परियोजनामा सँग सम्बन्धित चिनियाँ कामदारहरु लक्षित आक्रमणहरु योजनाबद्ध हुने गरेको कतिपय मानिसले आशंका गर्ने गरेको पाईन्छ । स्रोतः द न्युज
क्याटेगोरी : विदेश
ट्याग : #चिनियाँ कामदार
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्