माधव नेपाल ओलीको निर्णय पर्खदै, बुधबार निर्णायक छलफल
काठमाडौं । नेकपा एमालेको एकता अव असम्भव जस्तै बनेको छ । पार्टी विवाद मिलाउन गठीत कार्यदलले गरेको सहमति अनुसार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल अघि नबढेपछि पार्टी विभाजनको स्थितिमा पुगेको नेताहरुले बताएका छन । एमालेलाई एकताबद्ध बनाउन सम्भव नहुने भएपछि खनाल नेपाल समुहले के गर्ला भन्नेमा आम चासो पाईन्छ । यतिबेला खनाल नेपाल समुह संग केन्द्रीय कमिटीमा चालिस प्रतिशत संख्या पुर्याएर पार्टी फुटाउने वा एमालेलाई चोईट्याएर अलग पार्टी गठन गर्ने दुई वटा विकल्प रहेको देखिन्छ ।
नेकपा एमालेको खनाल नेपाल समुहका नेताहरुले आफुहरु चोईटीएर पार्टीबाट अलग नहुने बताएका छन । पार्टीमा खनाल नेपाल समुह हाराहारीको स्थीतीमा रहेको र केन्द्रीय कमिटीमा चालिस प्रतिशत संख्या पु¥याएर विभाजन गर्न कुनै गाहो नभएको माधव नेपाल निकट नेता तथा प्रतिनीधि सभा सांसद भवानी प्रसाद खापुङ बताउछन । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा आबद्ध खनाल नेपाल समुहका नेताहरु सहितका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदीएपछि उनीहरुको नेपालसंग असन्तुष्टि बढेको आकलन पनि गरिदैछ । तर, विश्वासको मत प्रकृयामा आबद्ध नभएका नेताहरुले चाही आफुहरु नेता नेपाल संगै रहेको बताएका छन् ।
पार्टी एकतालाई सहयोग पुगोस भन्ने उदेश्यले आफुहरुले शेरबहादुर देउवालाई मत नदिएको भएपनि वरिष्ठ नेता नेपाललाई बाहिर राखेर गरीने एकता आफुहरुलाई स्वीकार्य नहुने नेता सोमप्रसाद पाण्डेको भनाई छ । अध्यक्ष केपी ओलीले बालकोट निवासबाट दिएको अभिब्यक्तीले पार्टी एकता भाडीएको खनाल नेपाल समुहका नेताहरुले बताएका छन । उता अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटी बैठकबाट स्पष्टीकरण सोधेर कारवाहीको प्रकृया पनि अगाडी बढाएका छन । यस्तोमा वरिष्ठ नेता माधव नेपाल लगायतका नेताहरुलाई कारवाही भएमा खनाल नेपाल समुहले केन्द्रीय कमिटीमा चालिस प्रतिशत संख्या पुर्याएर पार्टी फुटाउने देखिन्छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #माधव नेपाल
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्