५ दिनमै कर्णालीमा ५ अर्व खर्च, दुरुपयोग भएको भन्दै चिन्ता
सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्षको पछिल्लो ५ दिनमा ५ अर्ब भन्दा धेरै रकम खर्च गरेको छ । असारे विकासलाई निरन्तरता दिने क्रममा आर्थिक वर्षको अन्तिममा ठूलो परिमाणमा बजेट खर्च गरेको हो । असार २६ देखि ३० गतेसम्म अर्थात ५ दिनमा ५ अर्ब १३ करोड २३ लाख रुपैँया खर्च गरेको हो । प्रदेश लेखा नियन्त्रक कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार असार २५ गतेसम्म १६ अर्ब ८२ करोड ७९ लाख खर्च गरेको प्रदेश सरकारले ३० गतेसम्म २१ अर्ब ९६ करोड २ लाख रुपैयाँ खर्च गरेको छ ।
असार महिनामा मात्र प्रदेश सरकारले १२ अर्ब २५ करोड १० लाख रुपैयाँ खर्च गरेको छ । जबकि जेठ मसान्तसम्म ९ अर्बमात्र खर्च गरेको थियो । लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले कुल बजेटको कुल ६५ दशमलब ८ प्रतिशत खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार कुल बजेट विनियोजन गरेकोमा २१ अर्ब ९६ करोड २ लाख रुपैँया खर्च भएको हो । जसमा पुँजीगत तर्फको ७० दशमलब ६३ र चालु तर्फको ५७ दशमलब ८७ प्रतिशत बजेट खर्च भएको छ ।
पुँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लाख र चालुतर्फ १४ अर्ब ६७ करोड २२ लाख रुपैयाँ प्रदेश सरकारले विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा प्रदेश सरकारले अहिलेसम्मकै बढी बजेट खर्च गरेको छ । मन्त्रालयहरुमध्ये सबैभन्दा बढी बजेट खर्च गर्नेमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय छ । यो मन्त्रालयले ८२ दशमलब ०५ प्रतिशत बजेट खर्च गरेको छ भने दोस्रोमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ७१ दशमलब ५२ प्रतिशत खर्च गरेको छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, समाचार
ट्याग : #कर्णाली प्रदेश सरकार
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्