पछिल्लो २४ घण्टामा २,४४५ जनामा कोरोना संक्रमण, ३२ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४ सय ४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३२ जनाले ज्यान गुमाएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १ हजार २ सय ५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ६ लाख ६८ हजार ७ सय ५१ जना पुगेको छ भने एन्टिजेन विधिबाट ४९ हजार ७ सय ४३ जना पुगेको छ ।
यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३३ हजार ३ सय ३२ जना निको भएका छन् भने मृतकको कुल संख्या ९ हजार ५ सय ८२ पुगेको छ । हालसम्म संक्रमित निको हुने दर ९४ दशमलव ७ प्रतिशत रहेको छ । २०७६ चैतबाट सुरु भएको कोरोना महामारीको त्रास हझै हटेको छैन ।
कोरोना रोकथामका लागि लामो समय बन्दाबन्दीको साहारा लिइए पनि जनस्वास्थ्यका मापदण्ड पालनामा भैरहेको बेवास्ताले झनै जोखिम बढेको छ । केही ओरालो लागेको कोरोना दर फेरि उकालो लाग्न थालेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोनाभाइरस संक्रमण
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्