पश्चिम युरोपमा बाढीमा बेपत्ता भएकाहरुको खोजी र उद्दार जारी
काठमाडौं । पश्चिम युरोपमा भारी वर्षासँगै आएको बाढीका कारण बेपत्ता भएकाहरुको खोजीमा उद्दारकर्मीहरु लागि परेका छन् । जर्मनी, बेल्जियम, नेदरल्याण्ड्स, लग्जेम्बर्गसहितका देशमा भारी वर्षासँगै आएको बाढीका कारण कम्तीमा १ सय ७० जनाको ज्यान गएको पुष्टि भएको छ । बाढीले जर्मनी र बेल्जियममा गम्भीर प्रभाव पारेको छ । अझै धेरै मानिसहरु बेपत्ता रहेका छन् ।
ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अनुमान छ । पानी कम हुँदै जाँदा बाढीले बगाएका तथा डुबाएका कारहरुमा फसेका मानिस वा उनीहरुको शवको खोजी भइरहेको छ । यसैबिच बाढी प्रभावित क्षेत्रको स्थगलत भ्रमणमा रहेका बेला हाँसेको भन्दै जर्मनीका शीर्ष राजनीतिज्ञको तीव्र आलोचना भइरहेको छ । आउँदो चुनावमा चान्सलर एङ्गेला मर्केलको स्थान लिने उद्देश्यसहित कन्जरभेटिभ उम्मेदवार बनेका क्रिष्टियन डेमोक्र्याटिक युनियन अफजर्मनीका नेता अर्मिन लास्चेत राष्ट्रपति फ्र्यांक–वाल्टरले प्रभावितहरु प्रति समवेदना प्रकट गरिरहेका बेला सहकर्मीहरुसँग हाँसिरहेको भिडियो भाइरल भएको हो ।
अर्मिनले आलोचना तीव्र भएपछि ट्वीट गरि आफ्नो व्यवहारप्रति माफी मागेका छन् । देश रोइरहेका बेला उनी हाँसेको भन्दै आलोचना भएको हो । पत्रपत्रिकाहरुले पनि उनको सो व्यवहारको तीव्र आलोचना गरेका छन् । चान्सलर मर्केलले आइतबार बाढी प्रभावित क्षेत्रको भ्रमण गर्ने तयारी छ । युरोपियन नेताहरुले जलवायु परिवर्तनको प्रभावका कारण भारी वर्षा भइ बाढी आएको भन्दै तत्काल प्रभावकारी कदम चाल्नका लागि अपील गरेका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #पश्चिम युरोप
ताजा खबर
- १प्रचण्डलाई विप्लवको जवाफ– विचलनकारीले एकताको अपिल गरेको सुहाउँदैन
- २धनुषा पुगेर गगनले भने– कांग्रेसमा अब गुट छैन, ध्वंस गर्ने पार्टी पनि होइन
- ३काठमाडौं-४ मा एमालेको उम्मेदवार थिएन, रास्वपाले बाहिरको मान्छे ल्याउन पर्यो : गगन थापा
- ४करिब २० हजारले घट्यो सुनको मूल्य
- ५इयूले इरानी ‘रिभोलुसनरी गाड्र्स’लाई आतङ्कवादीको सूची’मा राख्ने



तपाईको कमेन्ट लेख्नुहोस्