अफगानिस्तानबाट अमेरिका सेना फिर्ता हुन थालेपछि अनुवादक तथा दोभाषेहरु असुरक्षित
काठमाडौं । अमेरिकाले आफ्ना सैनिकलाई अफगानिस्तानमा द्वन्द्वको समयमा दोभाषेका रुपमा सहयोग गरेका अनुवादकहरुलाई सुरक्षित स्थानमा लैजान निर्देशन दिएको छ । जोखिममा रहेका अनुवादकहरुलाई अमेरिका वा अर्को कुनै देश लैजान अमेरिकाले निर्देशन दिएको हो । अमेरिकाको नेतृत्वमा सन् २००१ यता हुँदै आएको नेटा सैनिकको अभियान अफगानिस्तानमा अन्त्य हुँदैछ ।
सेप्टेम्बर ११ सम्ममा सबै विदेशी सैनिक अफगानिस्तानबाट बाहिरिने समय सीमा छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो अगस्ट अन्तिमसम्ममा आफ्ना सैनिक फिर्ता हुने घोषणा गरेका छन् । त्यसपछि पनि अफगानिस्तानमा अमेरिकी मिसनको सुरक्षाका लागि ६ सय ५० जति अमेरिकी सैनिक रहने छन् ।
अमेरिकी सहितका सैनिक फिर्ताको क्रम अन्तिम चरणमा पुग्दै गर्दा उनीहरुका सहयोगीका रुपमा काम गरेका अनुवादकहरु जोखिममा आएको भन्दै चासो र चिन्ता थपिएको थियो । अनुवादकहरुले आफूहरुको सुरक्षाका लागि उचित व्यवस्था गर्न माग गरेका थिए ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #अफगानिस्तानबाट अमेरिका सेना फिर्ता
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्