भारतीय प्रधानमन्त्री र अस्ट्रेलीयाली समकक्षीबीच टेलिफोन संवाद,कोभिड १९ बिरुद्ध खोपको सहज पहुँच बारे छलफल

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ बिरुद्धको खोपमा सहज पहुँचका बिषयमा अस्ट्रेलीयाली समकक्षी स्कट मोरिसनसँग वार्ता गरेका छन् । प्रधानमन्त्री मोदीले अस्ट्रेलीयाली प्रधानमन्त्री मोरिसनसँग कोभिड १९ खोप को सहज र न्यायसंगत पहुँचको बिषयमा टेलिफोन वार्ता भएको हो ।
वार्तामा दुबै देशका प्रधानमन्त्रीले विश्वमा कोराना भाइरस माहामारी बिरुद्ध खोप अति महत्वपूर्ण रहेको निष्कर्ष निकालेका छन् । वार्तामा प्रधानमन्त्रीद्धय मोदी र मोरिसनले भारतमा जारी कोरोना भाइरसको दोस्रो लहर तथा खोपको बौद्धिक सम्पति अधिकारको अनुमतिबारे छलफल गरेका छन् । भारतले सबैलाई कोभिड १९ बिरुद्ध खोप उपलब्ध हुनुपर्ने भन्दै खोपको बौद्धिक सम्पति अधिकारको अनुमतिको लागि विश्व व्यापार संगठनमा प्रस्ताब राखेको छ ।
वार्तापछि, प्रधानमन्त्री मोदीले भारतमा कोभिड १९ माहामारी बिरुद्ध सहायता गरेको भन्दै अस्ट्रेलीयाली प्रधानमन्त्री मोरिसनलाई धन्यवाद व्यक्त गर्दै ट्विट गरेका छन् । अस्ट्रेलीयाली प्रधानमन्त्री मोरिसनले पनि भारतले विभिन्न मुलुकहरुमा खोप निर्यात गरेको उल्लेख गर्दै संकटको समयमा भारतमा अक्सिजन कन्सन्ट्रेटर तथा भेन्टिलेटरहरु उपलब्ध गर्ने ट्विीटरमा बताएका छन् । स्रोतः ईण्डीया टुडे
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, #स्कट मोरिसन
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्