जम्मु काश्मिरमा पाकिस्तानको नयाँ नार्को–आतंकवाद, करोडौंको लागू पदार्थ समातियो
एजेन्सी । भारतको जम्मू काश्मिरको कठुवा जिल्लामा अन्तर्राष्ट्रिय सीमा (आइबी) सँगैको क्षेत्रमा भिडन्त हुँदा लागु पदार्थ तस्करको मृत्युपछि सीमा सुरक्षा बल (बीएसएफ)ले आइतबार एक करोड रुपैयाँ बराबरको २७ किलो हेरोइन बरामद गरेको हो । लागुपदार्थ तस्करी रोक्ने प्रयासका क्रममा बीएसएफका कर्मचारीहरूले काटुवाको हिरानगर क्षेत्रको पन्सार क्षेत्रमा २७ प्याकेट हेरोइन पुनः प्राप्त गरेको र प्रत्येक प्याकेटको वजन एक किलो रहेको बीएसएफका प्रवक्ताले जानकारी दिए । सेनाले पाकिस्तान तिरबाट अन्तर्राष्ट्रिय बोर्डरमा (आईबी) केही शंकास्पद चहलपहल देख्यो र आफ्नो फौजलाई सचेत गरायो ।
पाकिस्तानी तस्करहरू भारतीय पक्षतर्फ अन्तर्राष्ट्रिय बोर्डर (आइबी) क्षेत्रमा प्रवेश गर्दा उनीहरूलाई चुनौती दिइयो र उनीहरुले गोली चलाउदा भिडन्त भयो । उक्त क्षेत्रमा खोजतलास गर्दा २७ प्याकेट हेरोइन भेटियो । यस लागू औषधको अनुमानित मूल्य करिब १ सय ३५ करोड भारतीय रुपैयाँ रहेको प्रवक्ता अधिकारीले बताए । यो घटनापछि बीएसएफले फेरि एक चोटि अन्तरराष्ट्रिय सिमाना हुँदै भारततर्फ लागु पदार्थ ओसारपसार गर्ने पाक अधिकारीहरूको फोहोरी डिजाइनलाई उदांगो परेको छ । बीएसएफले नार्को–आतंकवादको कोणलाई अस्वीकार गरेको छैन ।
गत शनिबार जम्मु काश्मिर पुलिसले उत्तर काश्मिरको बारामुला जिल्लामा लागू औषध सेवन गरी आतंक मच्चाउने (नारको आतंकवाद) मोड्युलमा लागेका १० जनालाई पक्राउ गर्दा ४५ करोड भारतीय रुपैयाँ बराबरको ठूलो परिमाणको हेरोइन समेत फेला परेको थियो। यस अघि मे २३ मा पनि पुलिसले अर्को पाकिस्तान प्रायोजित नार्को–आतंक मोड्युललाई भत्काएको थियो र सीमावर्ती कुपवारा जिल्लाबाट बजारमा ५० करोड मूल्यको आठ किलोग्राम हेरोइन बरामद गरेको थियो र अप्रील १४ मा पनि सुरक्षाकर्मीले १० किलो लागुपदार्थ बरामद गरेको थियो । जसको अन्तर्राष्ट्रिय बजारमा अनुमानित मुल्य ५० करोड थियो ।
यस्तै अर्को घातक हेरोइनको ढुवानीको क्रममा अप्रिल ८ मा सोही जिल्लाको एलओसीमा अनुमानित बजार मूल्य, ५०–६० करोड भारतीय रुपैयाँ बराबरको लागु पदार्थ जफत गरिएको थियो । यी बरामदीले सीमा पारबाट नार्को–आतंकको खतरा कश्मीरको लागि प्रमुख चिन्ताको विषय बनेको स्पष्ट रुपमा देखाएको छ । हवाला सञ्चालकहरू विरुद्ध कानून परिवर्तन हुँदा पाकिस्तान स्थित निकायहरूले जम्मु काश्मिरमा आतंकवाद र अशान्तिको लागि लागुऔषध पठाउन एलोसी मार्गको प्रयोग गर्न थालेका छ्न । सन् २०१९ को शुरुदेखि जब क्रस एलओसी व्यापार बन्द भयो तब नारको–व्यापार, आतंकवाद र अशान्तिको लागि प्रमुख वित्तीय मार्ग बनेको छ । एक वरिष्ठ प्रहरी अधिकृतले डीएचलाई बताए। पाकिस्तानबाट यी घातक ड्रगहरूको ठूलो ओइरोले गर्दा हजारौं मानिसहरू जसमा प्रायजसो युवाहरू, लागू पदार्थको दुर्व्यसनको अन्धकारमय गल्लीमा फस्न थालेका छन् ।
श्रीनगरस्थित इन्स्टिच्युट अफ मेन्टल हेल्थ एण्ड न्युरोसाइन्सेज (इएमहान्स) को ड्रग डि–लत सेन्टरको तथ्याङ्कले देखाए अनुसार पछिल्लो चार वर्षमा लागु पदार्थ दुरुपयोगको उपचारका खोजीमा अस्पताल आउने बिरामीहरूको संख्या १५०० भन्दा बढीले वृद्धि भएको छ । इमान्सको लत रहित केन्द्रका डा. यासिर बरुले बताए अनुसार वर्षौंको दौडान कश्मीरमा लागू पदार्थको दुर्व्यसनको ढाँचामा परिवर्तन आएको छ। सन् २०१८ देखि हामीले प्राप्त गर्दै आएका अधिकांश बिरामीहरू हेरोइन दुब्र्यसनी हुन् र उनीहरूको संख्यामा ठूलो वृद्धि भएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #भारतको जम्मू काश्मिर
ताजा खबर
- १राष्ट्रपति पौडेलेको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- २वरिष्ठ अधिवक्ता भण्डारीको जिकिरः भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ
- ३राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
- ४आन्दोलनरत नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग प्रचण्डको माग
- ५ओली सामु आत्मसमर्पण गर्नेहरुले नेकपा एसको औचित्य पुष्टि भएन भनिरहेका छन्ः माधवकुमार नेपाल


तपाईको कमेन्ट लेख्नुहोस्