Techie IT
  • २१ वैशाख २०८२, आईतबार
KhojPatrika

पाक–चीन सीमा व्यापार बन्द हुँदा ठूलो क्षति, पाकिस्तानी व्यापारीहरुको विरोध


एजेन्सी । कोभिड–१९ महामारीका कारण विगत २० महिनादेखि पाकिस्तान–चीन व्यापार सीमा बन्द भएपछि पाकिस्तानी व्यापारीहरूले इस्लामाबादमा विरोध प्रदर्शन गरेका छन् । सीमा बन्द गर्दा पाकिस्तानी व्यापारीहरुले ठूलो क्षतिको सामना गर्नु परेको छ । व्यापारीहरूले उनीहरूको व्यवसायलाई ठूलो क्षति भएको उल्लेख गर्दै सीमा खोल्नको लागि एक साताको म्याद दिएका छन् । इस्लामाबाद र गिलगिट बाल्टिस्तान (जीबी) मा धर्ना दिने चेतावनी समेत उनीहरुले दिएका छन् ।

इस्लामावादमा आयोजित पत्रकार सम्मेलनमा निर्यातकर्ता संघका अध्यक्ष जावेद हुसेनको नेतृत्वमा जीबीबाट आएका व्यापारीहरूको समूहले प्रधानमन्त्री इमरान खान, सेना प्रमुख जनरल कमर जावेद बाजवा, विदेश मंत्री, वाणिज्य मन्त्री र पाकिस्तानका चिनियाँ राजदूतलाई सीमा खोल्न आग्रह गरे । उनले पाकिस्तान र चीनको व्यापारलाई निरन्तरता नदिए दुबै मुलुकले ठूलो क्षति व्यहोर्नुपर्ने समेत चेतावनी दिएका छन् ।

हुसेनले सीमा बन्द भएपछि व्यापारीले करोडौं रूपैयाँ गुमाएको छ । यस क्षेत्रका सबै व्यापारीहरूले आफ्नो माग पूरा नभए खुन्जेरब पास, संसद भवन र विदेश मन्त्रालय बाहिर धर्ना दिन बाध्य बताएका छन् । जीबीका व्यापारीहरूले लामो समयदेखि बन्द हुँदा ठूलो संकट सिर्जना भइसकेको र धैर्यताको बाँध टुटिसकेको बताएका छन् । उनले पाक–चीन क्षेत्रका सबै साना र ठूला व्यापारीहरूको जीविका नै संकटमा पर्ने चेतावनी दिए ।

पाकिस्तानी परराष्ट्र मन्त्रालयले पाक(चीन सीमा पुनः खोल्न अधिसूचना जारी गरेको हुसेनले बताएका छन् । चिनियाँ सरकारले तोकेको शर्तमा पाकिस्तानी निर्यातकर्ता र आयातकर्तालाई चीन प्रवेश गर्न नदिइने र उनीहरूले पाकिस्तानको सीमापट्टि माल निरीक्षण र भन्सारका लागि सामान लोड गर्ने र उतार्ने कुरा भएको पाकिस्तान टुडेले जनाएको छ । यो सहमति भए पनि पालना नभएको र सीमामा रोक लगाइएको व्यापारीहरुले जनाएका छन् । चीन सरकारले कोरोना कारण ब्यापार रोक्दै आएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #पाकिस्तान–चीन व्यापार

तपाईको कमेन्ट लेख्नुहोस्