फेरि बढ्यो कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा भेटिए २ हजार ८ सय ९२ संक्रमित
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या केही दिनयता फेरि बढेको छ । पछिल्लो २४ घण्टामा ७ हजार १ सय ८७ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ८ सय ८९ जना र ४ हजार ३ सय ८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ३ जना गरी कुल २ हजार ८ सय ९२ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या मंगलबार संक्रमण पुष्टि भएको २ हजार ६ सय ३६ भन्दा २ सय ५६ जनाले बढी हो ।
त्यस्तै सोमबार २ हजार ४ सय ४४ जना संक्रमित भेटिएकामा आइतबार १ हजार ९ सय २० जनामा मात्र भेटिएका थिए । आइतबारको तुलनामा बुधबार संक्रमितको संख्या झण्डै एक हजार जना बढेको छ । अहिले नेपालमा संक्रमणदर २६ प्रतिशत पुगेको छ । प्रवक्ता कृष्णप्रसाद पौडेलले जोखिम अझै नहटेको भन्दै जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरे । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ सय ७२ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा ४ सय ३६, ललितपुरमा १ सय ८९ र भक्तपुरमा ४७ जना छन् ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ हजार ५ सय ९७ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ५ सय ६१ रहेको छ । जसमध्ये ३० हजार ५ सय ४४ जना होम आइसोलेसनमा र ३ हजार १७ जना संस्थागत आइसोलेसनमा छन् ।हालसम्म कोरोना संक्रमणका कारण ९ हजार १ सय १२ जनाको मृत्यु भएको छ । हालसम्म १७ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमित
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्