भारतीय पत्रकार प्रतिष्ठित पुलित्जर पुरस्कारद्धारा सम्मानित
नयाँ दिल्ली,काठमाडौं । चीनमा अल्पसंख्यक उइघुरबारे अनुसन्धानात्मक रिपोर्टिङ गर्ने भारतीय मूलकी पत्रकार प्रतिष्ठित पुलित्जर पुरस्कारद्धारा सम्मानित भएकी छिन् । भारतीय मूलकी पत्रकार मेघा राजगोपालनले चीनमा अल्पसंख्यक उइघुरको अबस्थाबारे अनुसन्धानात्मक रिपोर्टङ गरेका कारण पुलित्जर पुरस्कारद्धारा सम्मानित भएकी हुन् ।
चीन सरकारले अल्पसंख्यक उइघुरहरुलाई श्रमशिविरमा बन्दी बनाएको तथा दमन गरेकोबारे राजगोपालनले अनुसन्धानात्मक समचार तयार गरेकी थिईन् । अमेरिकास्थित बजफिड डिजिटल मिडियाकी पत्रकार राजगोपालनले सन् २०१७ मा चीनको सिन्यिाङमा उइघुरहरुबारे स्थलगत रिपोर्टिङ गरेकी थिइन् । उनीसँगै उनको टोलीका दुई जना पनि पुरस्कृत भएका छन् ।
हालसम्म प्रतिष्ठित पुलित्जर पुरस्कारद्धारा भारतीय मूलका दुई पत्रकारहरु सम्मानित भएको सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकास्थित टाम्बा बे टाईम्सका पत्रकार तथा भारतीय मूलका नेल बेदी पनि पुलित्जर पुरस्कारद्धारा पुरस्कृत भइसकेका छन् । स्रोतः द हिन्दु
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्