निर्वासनमा रहेका उइगरहरुको खुलासा, “सिन्जियाङमा जबरजस्ती गर्भपतन र यातना दिइन्थ्यो”
एजेन्सी । चीनको सिन्जियाङमा रहेका उइगरहरुलाई स्थानीय अधिकारीहरुले नियन्त्रणमा लिने र यातना शिविरमा राख्ने गरेको खुलासा भएको छ । चीनबाट टर्की भागेका तीन उइगर महिलाहरुले सिन्जियाङको हिरासत केन्द्रमा भोगेको पीडाबारे जानकारी गराएका हुन् । जबरजस्ती गर्भपतन गराउने र यातना दिने गरेको पीडा सुनाएको उनीहरुले यातना सहन नसकेर भाग्नुपरेको कथा सुनाएका छन् ।
तीन महिलामध्येकी एकले आफूलाई करिब साढे महिनाको अवधिमा गर्भपतन गर्न लगाइएको गुनासो गरेकी छन् । पूर्व चिकित्सकसमेत रहेकी उनले सिन्जियाङमा उइगरहरुको जनसंख्या वृद्धि नहोस् भन्नका लागि बाँझोपन गराउने र गर्भपतनका लागि दबाब दिने गरेको बताएकी छन् । सिन्जियाङमा रहँदा उनले चिनियाँ सेनाले आफूहरुलाई रातदिन यातना दिने, यौनका लागि बाध्य पार्ने गरेकोसमेत बताएकी छन् । उनले भनिन्, “म साढे ६ महिनाकी गर्भवती थिए । प्रहरीहरु आए । जसमा एक उइगर थिए र दुई चिनियाँ थिए । मलाई कारका राखेर अस्पताल लगे । त्यहाँ मेरो गर्भपतन गराइएको रहेछ ।”
५५ वर्षीया बुमर्जेन रोजीले सुरुमा आफूलाई पिल्स दिइएको बताइन् । आफूलाई त्यो के हो भन्ने थाहा नभए पनि आफूले खान अस्वीकार गरेपछि पिटेकोसमेत बताएकी छन् । चिनियाँ अधिकारीहरुले हरेक घरघरमा मानिसहरु पठाएर महिलाको अल्ट्रासाउन्ड गर्ने र गर्भवती भएनभएको विवरण संकलन गर्ने गरेको बताएकी छन् । चिनियाँ अधिकारीहरुको निर्देशन नमान्नेहरुलाई यातना शिविरमा लगेर पटक(पटक यौनका लागि बाध्य पार्ने गरेको उइगर महिलाहरुले बताएका छन् । चीन सरकारले सिन्जियाङमा रहेका उइगरहरुलाई यातना दिएको र अल्पसंख्यक उइगरहरुमाथि नरसंहार गरिरहेको आरोप लगाएका छन् । चीनले मानवअधिकारको चरम उल्लंघन गरेको भन्दै अमेरिका, बेलायत, क्यानडालगायतका मुलुकहरुले प्रतिबन्धसमेत लगाएका थिए । श्रोतः एपी न्यूज
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #उइगरहरु, #चीनको सिन्जियाङ
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्