भारतीय विदेशमन्त्री एस जयशंकर र केन्याली समकक्षीबीच भेटवार्ता
नयाँ दिल्ली । भारतीय विदेशमन्त्री एस जयशंकरले केन्या सकमक्षी रेसेल ओमामोसँग भेटवार्ता गरेका छन् । केन्याको तीन दिने भ्रमणमा गएका विदेशमन्त्री जयशंकरले केन्या समकक्षीसँग द्धिपक्षीय सहकार्य तथा क्षेत्रीय र ग्लोबल बिषयहरुमा छलफल गरेका हुन् ।
केन्या समकक्षी ओमामोसँगको भेटवार्तामा द्धिपक्षीय सबन्धबारे परिणाममुलक छलफल भएको जयशंकरले बताएका छन् । भारत र केन्या दुबै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको सदस्य राष्ट्र भएको हिसाबले क्षेत्रीय तथा ग्लोबल बिषयमा छलफल भएको सामाजिक सञ्जाल ट्विइटर मार्फत जयशंकरले जानकारी गराएका छन् ।
केन्या समकक्षीको साथमा विदेशमन्त्री जयशंकरको अध्यक्षतामा हुने भारत केन्या संयुक्त आयोगको आगामी तेस्रो बैठकमा द्धिपक्षीय सम्बन्धबारे समीक्षा हुने बताईएको छ । विदेशमन्त्री जयशंकरले भारत केन्या सम्बन्धबारे अन्य केन्याका मन्त्रीहरुसँग पनि भेटवार्ता गरेका छन् । स्रोतः हिन्दुस्तान टाईम्स
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #विदेशमन्त्री एस जयशंकर
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्