लोकतन्त्र र अभिव्यक्ति स्वतनत्रताप्रति भारत प्रतिबद्धःप्रधानमन्त्री मोदी
एजेन्सी । जी सेभेन सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकतन्त्र र अभिव्याक्ति स्वतन्त्रताप्रति भारत प्रतिबद्ध रहेको बताएका छन् । यो बर्षको जी सेभेन २०२१ सम्मेलनमा प्रधानमन्त्री मोदीले लोकतन्त्र र अभिव्याक्ति स्वतन्त्रतामा भारत प्रतिबद्धता रहेका कारण जी सेभेन राष्ट्रहरुको साझेदार रहेको बताएका छन् ।
साथै, जी ट्वान्टि राष्ट्रहरुमध्ये पेरिस जलवायु सम्झैताप्रति प्रतिबद्ध रहने एक मात्र मुलुक भारत रहेको पनि प्रधानमन्त्री मोदीले गरेका छन् । ठुला अर्थतन्त्र भएका सात राष्ट्रहरुको सहकार्य समुह जी सेभेनको ४७ औँ सम्मेलन बेलायतको अध्यक्षतामा यहि जुन ११ देखि १३ मा सम्पन्न भएको हो ।
बेलायतको कर्नवाल शहरमा आयोजित जी सेभेन सम्मेलनमा उपस्थित प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन् । जी सेभेन सदस्य मुलुकहरु बेलायत, अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली र जापानका सरकार प्रमुखहरु उपस्थित सम्मेलनमा भारत, अस्ट्रेलिया,दक्षिण कोरिया तथा दक्षिण अफ्रिका पनि पाहुना राष्ट्रको रुपमा उपस्थित थिए । ठुला अर्थतन्त्र भएका बीस राष्ट्रहरुको सहकार्य समुह जी ट्वान्टिमा भने भारत पनि सदस्य राष्ट्र रहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्