चिनियाँ कम्युनिष्ट पार्टीको ट्वीटरमा आलोचना गरेपछि चिनियाँ व्यंग्यकार जेल चलान
एजेन्सी । मध्य चिनियाँ प्रान्त हेनानको एक अदालतले चीनका प्रभावशाली अनलाईनकर्मी तथा कलाकार चेन शाओतियनको जेल सजाँय घटाएर १४ महिना बनाइदिएको थियो। शाओतियनले ट्विटरमा सत्तारूढ चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत नागरिकको जीवन कठीन रहेको भन्दै टिप्पणी गरेका थिए।
उनलाई पार्टीको आलोचना गरेको भन्दै हेनानको फुगौ काउन्टी पीपुल्स कोर्टले १ बर्ष २ महिनाको जेल सजाय सुनाएको थियो। उनलाई ५० भन्दा बढी ट्विट गरी चिनियाँ प्रणालीमा हमला गरी राज्यका कर्मचारीलाई अपमान गरेको, चीनको राष्ट्रिय छविलाई गम्भीर क्षति पुर्याएको, राष्ट्रिय हितलाई खतरामा पारेको तथा सार्वजनिक स्थानमा अस्थिरता पैदा गरेको लगायत आरोपमा अदालतले उनलाई दोषी ठहर गरेको सञ्चार माध्यमले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #मध्य चिनियाँ प्रान्त
ताजा खबर
- १प्रचण्डलाई विप्लवको जवाफ– विचलनकारीले एकताको अपिल गरेको सुहाउँदैन
- २धनुषा पुगेर गगनले भने– कांग्रेसमा अब गुट छैन, ध्वंस गर्ने पार्टी पनि होइन
- ३काठमाडौं-४ मा एमालेको उम्मेदवार थिएन, रास्वपाले बाहिरको मान्छे ल्याउन पर्यो : गगन थापा
- ४करिब २० हजारले घट्यो सुनको मूल्य
- ५इयूले इरानी ‘रिभोलुसनरी गाड्र्स’लाई आतङ्कवादीको सूची’मा राख्ने



तपाईको कमेन्ट लेख्नुहोस्