उईघुरबारेको ट्वीट्पछि टर्कीले बोलायो चिनियाँ राजदूत लियू शाओबिन
काठमाडौं, एजेन्सी। चीनले उईगुरमाथीको कारबाहीको आलोचना गर्ने टर्कीका दुई शीर्ष राजनीतिज्ञको आचोचना गरेपछि टर्कीले चिनियाँ राजदूतलाई सोधपुछका लागि बोलाएको छ। टर्कीको गुड पार्टी नेता मेरल अक्सेनर र अंकराका मेयर मन्सूर यावासले सन् १९९० अप्रिलमा पृथकताबादी उईघुर र चिनिया सेनाबीच भएको द्धन्द्धलाई स्मरण गर्दै गरेको ट्वीट गरेपछि टर्किस्थित चिनियाँ राजदूतावासले भत्र्सना गरेको थियो।
उक्त घटनाको फरक–फरक लेखाजोखा रहेपनि सो द्धन्द्धपछि हजार्रौ मुस्लिम उईघुरहरु टर्कीमा शरण लिई शरण लिर्इ बसिरहेका छन्। उनीहरुको ट्वीटप्रति प्रतिक्रिया दिँदै टर्कीस्थित चिनियाँ दूताबासले चीन कुनै पनि व्यक्ति वा शक्तिले यसको सार्वभौमिकता र क्षेत्रीय अखण्डतामा कुनै चुनौतीको भत्र्सना गर्दछ भन्दै उनीहरुको बिरोध गर्दै उनीहरुको ट्वीटरमा ट्याग गर्दै ट्वीट गरेपछि टर्कीमा बिरोध भएको थियो।
टर्कीको विदेश मन्त्रालयले उक्त घटनाबारे बुझ्न चिनियाँ राजदूत लियू शाओबिनलाई बोलाएको थियो। राजदूत शाओबिनले चिनियाँ पक्षले आफ्नो उत्तर दिने अधिकार संरक्षीत रहेको बताएको जनाइएको छ। टर्कीको विदेश मन्त्रालयले चिनियाँ दूतावासको ट्वीटप्रति चिन्ता व्यक्त गरेको संचार माध्यमहरुले उल्लेख गरेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #चिनियाँ राजदूत लियू शाओबिन, #टर्की
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्