माओवादी केन्द्रले तीन बर्ष २ महिनामा लियो प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता
काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनमा एकजुट भएर निर्वाचन लडेका नेकपा एमाले र माओवादी केन्द्रबाट बनेको केपी ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । दुबै पार्टी मिलेर बनेको नेकपा सर्बोच्च अदालतले अर्केको नाममा रहेको भन्दै खारेज गरिदिएपछि पुरानै अवस्थामा फर्किएका दुई पार्टीबिचको तिक्तताले समर्थन फिर्ता लिएको हो । नेकपा माओवादी केन्द्रले तीन बर्ष २ महिनापछि ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ । समर्थन फिर्ता लिइएकोबारे जानकारी माओवादीले संसद सचिवालयलाई गराएको हो । मंगलबार बसेको स्थायी समिति बैठकको निर्णयअनुसार माओवादीले बुधबार संघीय संसद सचिवालयलाई समर्थन फिर्ता लिइएको जानकारी गराएको हो । माओवादीका मुख्य सचेतक देव गुरुङले पार्टी बैठकले गरेको निर्णय अनुसार केपी ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारीको पत्र संसद सचिवालयमा बुझाएका हुन ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको पत्रमा आजकै मितिबाट लागु हुनेगरी समर्थन फिर्ता लिइएको उल्लेख छ । पत्रमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने बेला नलिएको र वैशाख २७ गते संसदको नियमित अधिवेशन बोलाउनुपर्ने बेलामा विश्वासको मत लिनका लागि बैठक बोलाएको भन्दै माओवादीले आक्रोश पोखेको छ ।
संविधान र परम्परा मिच्दै ओलीले २७ गते बैठक बोलाएको माओवादीको ठहर छ । माओवादी केन्द्रले अन्य दलसँग छलफल गरी प्रधानमन्त्री ओलीले लिने बिश्वासको मतको विपक्षमा बहुमत पुर्याउने समेत बताएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #माओवादी केन्द्र, #समर्थन फिर्ता
ताजा खबर
- १मधेशका चार जिल्लामा आज पनि कर्फ्यु कायमै
- २धार्मिक सद्भाव कायम राख्न नेपाल प्रहरीको अपिल
- ३तराईका जिल्ला विषम परिस्थितिप्रति एनआरएनएद्वारा चिन्ता व्यक्त, शान्तिपूर्ण समाधान खोज्न आग्रह
- ४राहदानी विभागले बिहानदेखि रातिसम्म सेवाग्राहीलाई सेवा दिँदै
- ५रास्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता, पछिल्लो परिस्थितिबारे छ्लफल





तपाईको कमेन्ट लेख्नुहोस्