सांसदविनाका मन्त्री थपिदै ओली सरकारमा,६ महिनाभित्र निर्वाचित हुनुपर्ने बाध्यता
काठमाडौं । संविधानमा सांसदविना कुनै नेता मन्त्री बन्न नमिल्ने ब्यवस्था गर्यो । तर, त्यहा मन्त्री भएको ६ महिनाभित्र सांसद बन्नुपर्ने ब्यवस्था राखेकै कारण धेरैको भाग्य खुलेको छ । यतिबेला नेकपा माओवादी केन्द्रले धमाधम पार्टी छोडेका सांसदलाई कारवाही गर्यो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै नेतालाई मन्त्रीको उपहार दिइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्का सात सदस्य बिना संसद् सदस्य मन्त्री बनेका छन्।
माओवादी केन्द्रको कारबाहीमा परेर संसद् पद गुमाएका रामबहादुर थापालाई ओलीले फेरि गृहमन्त्रीमा नियुक्त गरेसँग संसद् सदस्य नभए पनि मन्त्री बन्नेको संख्या सात पुगेको हो। गृहमन्त्री थापा एमालेमा लागेपछि माओवादी केन्द्रले उनलाई कारबाही गरेको थियो। पार्टीको कारबाहीसँगै थापाको राष्ट्रियसभा सदस्य पद गुमेको थियो। राष्ट्रियसभा सदस्य नरहँदा उनको गृहमन्त्री पद पनि गुमेको थियो। ओलीले यसअघि माओवादी कारबाहीपछि संसद् सदस्य गुमाएका चार नेतालाई मन्त्री बनाइसकेका छन्।
ऊर्जा जलस्रोत तथा सिञ्चाइ मन्त्रीमा टोपबहादुर रायमाझी,उद्योग वाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरी र प्रभु साह सहरी विकास मन्त्री बने । अब यी पाँचै मन्त्रीको हैसियत एमाले नेताका रूपमा रहेको छ। यस्तै ओलीको मन्त्रिपरिषद्मा युवा तथा खेलकुदमन्त्री दावा लामा र खानेपानीमन्त्री मणि थापा पनि गैरसांसदका रूपमा मन्त्री बन्ने सौभाग्य पाएका छन् ।
उनीहरू दुवै पनि एमाले नेताका हैसियतमा मन्त्री भएका हुन्। सातै मन्त्रीलाई सरकारले संविधानको धारा ७८ उपधारा २ बमोजिम मन्त्री पदमा नियुक्त गरेको हो। यसरी नियुक्त मन्त्री ६ महिनाभित्र संसद् सदस्य बनिसक्नुपर्छ। अन्यथा उनीहरू मन्त्री पदबाट स्वतः हट्नेछन्।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #सांसदविनाका मन्त्री
ताजा खबर
- १अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी छैनन्ः अध्यक्ष केसी
- २काँग्रेस केन्द्रिय कार्य समिति बैठक आईतवारसम्मका लागि स्थगित
- ३माओवादीसँग पार्टी एकता निर्णयप्रति एकीकृत समाजवादीभित्र असन्तुष्टि, दर्जनबढी नेता सामले नहुने
- ४जेन–जी आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढौँः स्वर्णिम वाग्ले
- ५वर्तमान सरकारमार्फत नै निर्वाचन गराउनुको विकल्प छैनः डा. बाबुराम भट्टराई



तपाईको कमेन्ट लेख्नुहोस्