नेप्सेमा फेरि नयाँ रेकर्ड
काठमाडौं । २०७८ को पहिलो कारोबार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचकले ऐतिहासिक नयाँ रेकर्ड राखेको छ । नेप्से परिसूचक २० दशमलव ६७ अंकले बढेर २ हजार ७ सय ३५ दशमलव ४६ अंकमा पुगेको छ। जुन, हालसम्मकै उच्च हो । नेप्से परिसूचकसँगै सेयर बजार पुँजीकरण समेतले नयाँ रेकर्ड राखेको छ ।
बिहीबारसम्मको पुँजीकरण ३७ खर्ब ८७ अर्ब ५० करोड ९० लाख रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । नेप्से परिसूचकसँगै बिहीबार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव १७ अंकले बढेर ४ सय ९२ दशमलव ४४ अंकमा पुगेको छ ।
कारोबार रकम पनि ८ अर्ब ६३ करोड रुपैयाँभन्दा धेरै भएको छ । दिनभर भएका ९५ हजार ७ सय ३७ कारोबारबाट २१८ कम्पनीका १ करोड ९० लाख २० हजार ५ सय २८ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ८ अर्ब ६३ करोड ६६ लाख ६८ हजार ६ सय ५९ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ । समूहगत सवइन्डेक्सहरुमा जलविद्युत र व्यापार समूह घटेका छन् । बाँकी सबै समूहहरुको सबइन्डेक्स बढेको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #नेप्सेमा फेरि नयाँ रेकर्ड
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्