वर्ष २०७७ : मुलुकमा आत्महत्या, जबर्जस्ती करणीलगायत गम्भीर प्रकृतिका घटनामा बृद्धि

काठमाडौं । वितेको बर्ष कर्तव्य ज्यान, जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग, ज्यान मार्ने उद्योग, आत्महत्या लगायत गम्भीर प्रकृतिका घटना निकै बढी भए । जेठ १० गते रुकुम पश्चिमको सोतीगाउँमा भएको मानवसिर्जित घटनामा ६ जना युवाको मृत्यु भयो ।एकजना दलित युवा र गैर दलित युवती वीचको प्रेम सम्बन्धलाइ लिएर उठेको विवादमा युवाहरुलाई पिट्दै लखेट्दै निर्मम हत्या गरिएको थियो । त्यस्तै २०७७ माघ २३ गते बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–०७ सनातन धर्म माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत १७ वर्षीया विद्यार्थी भागरथी भट्टको शव बलात्कारपछि हत्या गरिएको अवस्थामा सामुदायिक वनमा मृत भेटियो ।
यता फागुन २९ मा काठमाडौंको टोखा नगरपालिका–१ मा मोरङको उर्लाबारी घर भएका आशिष लिम्बुको हत्या गरिएको थियो । टोखा नगरपालिका कै १० नम्बर वाडामा साउन २५ गते हत्या गरेर फालिएका एक पुरुषको शव टुक्रा–टुक्रा पारिएको अवस्थामा फेला परेको थियो । साना आपारधिक घटनाको दर्ता भएको सख्यां हेर्दा गत आर्थिक वर्षको आठ महीनाको विवरणभन्दा यसपटक १६ दशमलव १६ प्रतिशतले कमि आएको छ । सो अवधिमा चोरी, बैंकिङ कसुर, ठगी जस्ता आर्थिक अपराधका घटना कम छन ।
चालू आवको हालसम्म मुलुकभरका प्रहरी कार्यालयमा विभिन्न प्रकृतिका आपराधिक घटना २६ हजार ३०६ घटना दर्ता भएका छन । तथ्याङ्क हेर्दा प्रतिदिन झण्डै ११० वटा घटना भएको देखिन्छ । यो गत वर्षको तुलनामा १६ दशमलव १६ प्रतिशतले कमी हो ।विगत आठ महीनामा गत वर्षभन्दा २१ दशमलव १३ प्रतिशतले वृद्धि भई कर्तव्य ज्यानसम्बन्धी मुद्दाका ४४७ घटना दर्ता भएका छन । सो अवधिमा चार हजार ४८३ आत्महत्याका घटना भएका छन् । आव २०७६–७७ को सोही अवधिमा आत्महत्याको तीन हजार ५३४ घटना दर्ता भएका थिए । तुलनात्मकरूपमा चालू आर्थिक वर्षमा आत्महत्यासम्बन्धी घटना २६ दशमलव ८५ प्रतिशतले वृद्धि भएको र दैनिक औसत १७ जनाले आत्महत्या गरेको पाइएको छ ।
गत आर्थिक वर्षभन्दा १५ दशमलव ६७ प्रतिशतले वृद्धि भई जबर्जस्ती करणीका एक हजार ६५३ घटना दर्ता भएका छन । तथ्याङ्क विष्लेषण गर्दा प्रतिदिन औसत सात वटा जबर्जस्ती करणीका घटना भएको पाइएको छ । जबर्जस्ती करणीका घटनामा प्रायजसो नजिककै चिनजानका व्यक्ति संलग्न हुने गरेको पाइएको छ । कूल एक हजार ६५३ मुद्दाका एक हजार ८५५ जना प्रतिवादीमध्ये ११ दशमलव २१ प्रतिशत प्रतिवादी हाडनाता सम्बन्धका रहेका छन् ।
समग्रमा ८१ दशमलव ५६ प्रतिशत प्रतिवादी नजिकका सम्बन्ध र चिनजानका व्यक्ति छन् । जबर्जस्ती करणी उद्योगमा ४६८ घटना दर्ता भएको र चालू आर्थिक वर्षको सोही अवधिमा ५०९वटा घटना दर्ता भएका छन । चोरीका एक हजार ५६९ वटा घटना दर्ता भएका छन । गत वर्षको सोही अवधिको तुलनामा २१ दशमलव ८२ प्रतिशत कम रहेको छ । यस्तै बैंकिङ कसुरसम्बन्धी अपराधका घटना यसपाली कम देखिएको छ । गत वर्षको फागुनसम्म बैंकिङ कसुरका दुई हजार ८२८ मुद्दा दर्ता भएकामा यो वर्षको सोही अवधिमा एक हजार ६८८वटा मात्र मुद्दा परेका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #आत्महत्या, #जबर्जस्ती करणी
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्