नेपाल पत्रकार महासंघको ६६औं स्थापना दिवस, महासंघका पदाधिकारीहरु चैत २५ को चुनावमा व्यस्त

काठमाडौं । नेपाल पत्रकार महासंघको ६६औं स्थापना दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । यसपटक विगतका वर्षजस्तो प्रभात फेरी कार्यक्रम आयोजना गरिएको छैन । महासंघका अध्यक्ष गोविन्द आचार्यले पूर्वअध्यक्ष र पादाधिकारीसँग छलफल गर्न लागिएको र जिल्ला तहमा विभिन्न रचनात्मक कार्यक्रम गरी स्थापना दिवस मनाइने जानकारी दिए ।
देशभरका पत्रकारहरु महासंघको नयाँ नेतृत्व चयनका लागि चुनावमा व्यस्त भएकाले पनि खासै औपचारिक कार्यक्रम नराखिएको महासंघले जनाएको छ । महासंघमा नयाँ नेतृत्वका लागि चैत २५ गते चुनाव हुँदैछ । चुनावका लागि केन्द्रमा उम्मेदवारको मनोनयन सकिएको छ ।
अध्यक्षमा ५ जनाले उम्मेदवारी दिएका छन् । प्रेस युनियनको नेतृत्वमा निर्वाचनका जाने ११ संगठनले सहमति गरेपनि युनियनबाट अधिकांश पदमा बागी उमेद्वार बनेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेपाल पत्रकार महासंघको ६६औं स्थापना दिवस
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्