सत्ता समिकरणमा जसपाभित्रै विवाद,कसरी बन्ला नयाँ अंकगणित

काठमाडौं । सत्ता समीकरणको खेलमा लिप्त बनेको जनता समाजवादी पार्टी भित्र कलह बढ्न थालेको छ । सत्ता गठबन्धनमा कोसँग सहकार्य गर्ने भन्नेबारे जसपाभित्र विवाद बढेको हो । बिहीबारका लागि निर्धारित जसपाको कार्यकारिणी समिति बैठक तयारी नपुगेको भन्दै स्थगित भयो भने त्यसयता जसपामा देखिएका दुई समुह फरक फरक बैठक बसेका छन् । भनिन्छ सत्ताको लोभमा सबै चिज जायज नै हुन्छ । यही उक्ती अहिले जसपामा लागु भएको छ । सत्ता समिकरणमा केन्द्रमा जसपा परेपछी झन एकजुट हुनुपर्नेमा विवाद चर्किरहेको छ ।
संसदिय दलको बैठकले दलको नेताबारे एउटा निष्कर्ष निकाल्ने, सत्तामा कुन पक्षसँग गठबन्धन गर्ने भन्नेबारे निर्णय गर्ने र समायोजनका काम टुंग्याउने अपेक्षा गरिएको थियो । अन्तिम समयमा आएर बैठक स्थगित हुनुलाई पार्टीभित्र बढेको शक्ति संघर्षकै परिणामका रुपमा हेरिएको छ । सो पार्टीभित्र सत्ता गठबन्धनका बारेमा दुईथरी विचार सार्वजनिक हुँदै आएको छ । महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरु एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिनुपर्ने निष्कर्षमा पुगेका छन् । तर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई लगायतका नेताहरु भने ओलीलाई अझै प्रतिगामी भनिरहेका छन् । दुई धार बनेर फरक फरक विचार आएकाले जसपामा विवाद बढ्दै गएको नेता ब्रिजेशचन्द्र लालको भनाई । तर, जसपामा देखिएको उपेन्द्र यादवको गुटले भने यो बिषयमा पार्टी भित्र कुनै विवाद नभएको बताउछ ।
सत्तासमिकरणको बिषयमा बाहिर खुलेरै दुई मत देखिदा समेत अध्यक्ष उपेन्द्र यादवले जसपाको विवादलाई स्विकार गर्दैनन । उमहानथ ठाकुरले ओलीसँग बार्ता गर्नको लागि कार्यदल बनाएकोमा असन्तुस्ट रहेका उपेन्द्र यादवले कार्यदलमा फेर्बादल नआउँदा समेत पार्टी विवाद छैन भन्न छाडेका छैनन । पार्टीभित्र सत्ता गठबन्धनबारे प्रस्ट धारणा बन्न नसकेका कारण पनि सो पार्टीले संसदीय दल समायोजन र संसदीय दलको नेता चयन गर्न सकिरहेको छैन । संसदीय दलको नेता, सत्ता गठबन्धनबारे फरक धारणा चुलिँदै गएका कारण कार्यकारिणी समितिको बैठक स्थगित गरी शीर्ष नेताहरु अनौपचारिक छलफलमा जुटिरहेका छन ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #जसपाभित्रै विवाद
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्