को सांसद कति दिन गयल ? संसदमा सुनाइयो गयल हुनेको नामावली
काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनाअघिको बैठकमा ११ पटकभन्दा बढी अनुपस्थित हुने सांसदहरुको नाम सार्वजनिक गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले सदनमा अनुपस्थित हुने सांसदहरुको नामावलीको सूची पेश गरेपछि बैठकले स्वीकृत गरेको छ । प्रतिनिधिसभा बैठकमा सबैभन्दा बढी २५ पटक बैठकमा अनुपस्थित हुनेमा नेपाली कांग्रेसका सांसद नागेन्द्रकुमार यादव छन् । उनले अनुपस्थितिको कारण पेश भएको छैन ।
त्यस्तै बिरामी भएर २१ पटक उपस्थित हुन नसकेका कांग्रेस सांसद सूर्यवहादुर केसीको निधन भइसकेको छ । एमाले सांसद नविना लामा १९ वटा वैठकमा आएकी छैनन् । लामा स्वास्थ्य उपचारका लागि दिल्लीमा थिइन् । उनले अनुपस्थित हुनुको लिखित कारणसमेत पेश गरेको संसद सचिवालयले जनाएको छ ।
एमालेकै सांसद कलिला खान १७ वटा बैठकमा अनुपस्थित देखिएकी छन् भने कांग्रेसकी महेन्द्र लिम्बु १५ पटक, माओवादी सांसद यशोदा सुवेदी १४ वटा बैठकमा अनुपस्थित छन् । त्यस्तै सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्ना ११ वटा बैठकमा अनुपस्थित भएका छन् भने माओवादीका सुरेशचन्द्र दास १३ वटा वैठक र जसपाकी निर्जला राउत १४ वटा र रुही नाज ११ बैठकमा अनुपस्थित देखिए । एमालेकै सांसद केदार सिग्देल पनि ११ बैठकमा अनुपस्थित देखिएका छन् । सांसद ठगुन्ना जिल्लातिर रहेको बुझिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, राजनीति, समाचार
ट्याग : #पुनःस्थापनाअघिको बैठक, #सांसद कति दिन गयल
ताजा खबर
- १सबैलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकारले आवश्यक कदम चालोस्ः अध्यक्ष दाहाल
- २सौराहामा रास्वपाको विस्तारित बैठक शुरु (तस्बिरसहित)
- ३बाबुराम भट्टराईको छलफलमाः जनार्दन शर्मादेखि डिपी अर्यालसम्म
- ४सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन–जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
- ५गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण



तपाईको कमेन्ट लेख्नुहोस्