भीम रावल र प्रधानमन्त्री ओलीको दोहोरी : तपाई कुन पार्टीको

काठमाडौं । आइतबारको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुन पार्टीको हुनुहुन्छ भनी कड्केका प्रचण्ड माधव समूहका नेता भीम रावललाई प्रधानमन्त्री ओलीले आज जवाफ पर्काएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको हो भनेर सर्वोच्च अदालतले भनिसकेको बताए ।
संसदको पहिलो बैठकमा प्रचण्ड–माधव समूहका सांसद भीम रावलले एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलासँगै प्रधानमन्त्रीको पार्टी कुन हो भन्ने प्रश्न उठेको भन्दै प्रश्न सोधेका थिए । सोमबार भएको एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले रावलको नाम नलिई तपाई कुन पार्टीको भन्न नपरोस भनी सवाफ दिएका हुन् ।
आफू कुन पार्टीको सदस्य र अध्यक्ष हो भन्ने अदालतले भनिसकेको भन्दै उनले भने, ‘मैले उहाँहरुलाई सोध्न नपरोस्, तपाईं कुन पार्टीको हो ? आफूलाई प्रचण्ड–माधव समूहले नेकपाको साधारण सदस्यबाट निष्कासन गरेको स्मरण गर्दै ओलीले आफू त्यो पार्टीको सदस्य नभएको बताए । उनले अघि भने ‘अदालतले भन्यो म कुन पार्टीको सदस्य हुँ । अदालतले ओलीलाई एमालेको अध्यक्ष भनेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #भीम रावल र प्रधानमन्त्री ओली
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्