क लाल दरबार रोधी घरको १८ औँ वार्षिक उत्सब
काठमाडौं । काठमाडौंको गौशालामा रहेको क लाल दरवार रोधी घर, नेपाली कला संस्कृतिलाई जोगाउने अभियानमा निरन्तर क्रियाशिल हुँदै आएको छ । स्थापनाको १८ औँ वर्ष पुरा गरेर १९ औँ वर्षमा प्रवेश गरेको यो रोधी घरले नेपाली लोक भाकाको संरक्षणका साथै लोक कलाकार समेत उत्पादन गर्दै आएको छ ।
आफ्नो १८ बर्षे यात्रा पुरा गरेको अवशरमा क लाल दरबार रोधी घरले विभिन्न कार्यक्रमको आयोजना गरेर कर्मचारीलाई प्रोत्साह गर्ने काम गरेको छ । तीन दिनसम्म वार्षिक उत्सब मनाएको रोधी घरले उत्कृष्ट कर्मचारिलाई सम्मान गरेको छ । ३० जना कर्मचारी कार्यरत रहेको रोधी घरले विभिन्न आरोह अवरोध पार गर्दै आएको छ । चावहिल–गौशाला रात्रिकालिन मनोरञ्जन व्यवसाय संघका अध्यक्ष समेत रहेका रोधी घरका सञ्चालक केशर बुढाथोकी लगानी सुरक्षामै चुनौती रहेको बताउँछन् ।
कोरोना महामारिका कारण लामो समय बन्द रहेको व्यवसाय खुलेको केही महिना भएपनि अझै ग्राहकको उपस्थिति नगन्य हुँदा कर्मचारीलाई तलब दिन र भाडा तिर्न नै धौँ धौँ भएको गुनासो सञ्चालक बुढाथोकीको छ । कलाकार उत्पादन तथा लाखौँलाई रोजगारी दिएको रात्रिकालिन व्यवसायलाई राज्यले सम्मानका साथ हेर्नुपर्ने बुढाथोकीको माग रहेको छ ।
यस्तो देखियो वार्षिक उत्सबमा
क्याटेगोरी : कला र मनोरञ्जन, जीवनशैली, देश/दुनियाँ, समाचार
ट्याग : #क लाल दरवार रोधी घर
ताजा खबर
- १रास्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेको भेट,के-के भयो कुराकानी ?
- २सबै दलको तर्फबाट एउटा संयुक्त अपिल आउँछ : सभापति लामिछाने
- ३बाघ गणनाको नतिजा सार्वजनिक : संख्या ४२९, वृद्धिदर घट्यो
- ४यस्तो बेलामा पनि प्रधानमन्त्री ठालू बनेर बस्ने हो ? : गगन थापा
- ५गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली दिन कांग्रेस कार्यालय पुगे रवि








तपाईको कमेन्ट लेख्नुहोस्