५ सय १३ जना शाखा अधिकृतका लागि बिज्ञापन खुला
काठमाडौं । लोक सेवा आयोगले ठूलो संख्यामा राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृतका लागि आवेदन खुलाएको छ । कोरोना भाइरसका कारण अघिल्लो बर्षको परिक्षा समयमै हुन नसकेपनि यसबर्षको आवेदन लोकसेवा आयोगले खुलाएको हो ।
बुधबार गोरखापत्रमा विज्ञापन प्रकाशित गर्दै आयोगले शाखा अधिकृतको ५ सय १३ पदमा विज्ञापन खुलाएको हो । यसमध्ये १ सय ५३ जना जेष्ठताको आधारमा बढुवामार्फत् पदपूर्ति गरिने छ । बाँकी पदहरुमा भने खुला तथा सामावेशीको आधारमा पदपूर्ति हुनेछ ।
सामान्य प्रशासन समूहमा खुलातर्फ ४४ अधिकृत पदमा विज्ञापन खुला भएको छ । यसैगरी राजश्वमा ४१, लेखामा ३४, लेखा परीक्षणमा १२ र परराष्ट्र सेवामा १ पदमा खुलातर्फ विज्ञापन खुलेको हो । पुष १४ गतेसम्म दरखास्त दिन लोकसेवाले आह्वान गरेको छ । दोब्बर दस्तुर तिरेर २१ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको लोकसेवा आयोगले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, लाेकसेवा/जागिर
ट्याग : #लोक सेवा आयोग, #शाखा अधिकृत
ताजा खबर
- १बालेन सरकारको सय दिन, प्रशासनिक सुधार, सार्वजनिक सेवाप्रवाहमा जोड
- २कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने
- ३शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न गगनको सुझाव
- ४बालेन सरकार ऐनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन भएको एमालेको निष्कर्ष
- ५जनताले महशुस हुनेगरी काम गर्न नसकेको हर्कराज राईको जिकिर



तपाईको कमेन्ट लेख्नुहोस्