Techie IT
  • १ जेठ २०८२, बुधबार
KhojPatrika

नेपाली काँग्रेसका शीर्ष नेताहरुको बैठक बस्दै


काठमाडौं । नेपाली काँग्रेसका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । पार्टीभित्र देखिएको विवाद हल गर्न नेताहरुले छलफल गर्न लागेका हुन् । पदाधिकारी तथा पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्य सहभागी हुने बैठकमा पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका २७ केन्द्रीय सदस्यले राखेका १६ बुँदे विरोध पत्रबारे छलफल हुनेछ ।

कांग्रेसले १४ औं महाधिवेशन र पार्टीभित्रका असहमतिबारे छलफल गर्न भोली केन्द्रीय समिति बैठक बोलाएको छ । केन्द्रीय समिति बैठकअघि नै शीर्ष नेताबीच सहमति जुटाउन सभापति शेरबहादुर देउवाले शीर्ष नेताको अनौपचारिक बैठक बोलाउनुभएको हो । क्रियाशील सदस्यता, महाधिवेशन सुनिश्चितता, समायोजन र विभाग गठनलगायतमा पौडेल पक्षले प्रश्न उठाउँदै आएको छ ।

महाधिवेशन नजिकिएका बेला सभापति देउवाले एकलौटी ढंगले विभाग गठन गरेको दावी गर्दै पौडेल पक्षले ती विभाग खारेज गर्न उनीहरूले माग गरेका छन् । तर देउवा पक्षले भने विभाग गठन विधानविपरीत नभएको दावी गर्दै आएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं