काठमाडौं उपत्यकामा १६१५ कोरोना संक्रमित थपिदा देशभर २ हजार ३ सय ६४ संक्रमित फेला
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १ हजार ६ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं १ हजार ३ सय ३८, ललितपुरमा १ सय ८० र भक्तपुरमा ९७ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं जिल्लामा मात्र ५९ हजार २ सय ३४ संक्रमण पुष्टि भएको छ भने अहिलेसम्म ४२ हजार ५ सय ४ डिस्चार्ज भएका छन् । काठमाडौंमा मात्र २ सय ९ जनाको मृत्यु भएको छ । अहिले पनि काठमाडौंमा १६ हजार पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् ।
उपत्यकामा काठमाडौंपछि ललितपुरमा ८ हजार ३ सय ५० जना संक्रमित भएका छन् भने ५ हजार २२ जना डिस्चार्ज भएका छन् । अहिले सक्रिय संक्रमित २४ सय ७० रहेको ललितपुरमा ५८ जनाको मृत्यु भएको छ । उपत्यकामा सबैभन्दा कम संक्रमित भएको भक्तपुरमा ५५ सय १९ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये ४३ सय ८३ जना डिस्चार्ज भएका छन् भने अहिले सक्रिय संक्रमितको संख्या हजार ७५ रहेको छ । भक्तपुरमा मात्र कोरोनाले ६१ जनाको मृत्यु भएको छ । यस्तै बिहिबार २ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
९ हजार ७ सय ६९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३ सय ८० पुरुष र ९ सय ८४ महिला गरेर २ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ । जसमध्ये पछिल्लो २४ घण्टामा तीन हजार ३८ डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या १ लाख २४ हजार ८ सय ३२ पुगेको छ । २४ घण्टामा १७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ९ सय ४ पुगेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमित, #पीसीआर परीक्षण
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्