नेपाल–चीनबीचको तातोपानी नाका सञ्चालनमा आयो
काठमाडौं । नेपाली कामदारमा कोभिड–१९ को संक्रमण देखिएसँगै असोज २० गतेदेखि बन्द भएको तातोपानी नाका आजदेखी सञ्चालनमा र्आको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले चिनियाँ अधिकारीहरुबाट आजदेखि नेपाली भन्सार यार्डसम्म सामान पठाउन सुरु गरिएको जानकारी दिए । नेपालस्थित भन्सार कार्यालयले साँझसम्म नाकाबाट माल वस्तु आयात सुरु हुने गरि तयारी गरेको थियो । कोरोना संक्रमणको जोखिमका कारण सर्तकता अपनाउँदै नाका सञ्चालनमा आएको हो ।
चिनियाँ अधिकारीहरुसँग भएको समझदारीअनुसार नेपालले नाकामा तयार पारेको आइसोलेसन यार्डमा चिनियाँ ट्रकले माल वस्तु ल्याएर छोड्नेछ । तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले नेपालतर्फ चिनियाँ कन्टेनरले सामान ल्याएर राख्ने आइसोलेटेड ठाउँको मार्किङ्गको काम पुरा भएको जानकारी दिए । भन्सार प्रमुख खत्रीकाअनुसार अब नेपाली श्रमिकहरु मालवस्तु लिन भन्दै चीनतर्फ जानु नपर्ने भएको छ ।
नेपाली यार्डमा रहेको आइसोलेटेड ठाउँमा चिनियाँ पक्षले ट्रक छोडर जाने र त्यहाँबाट नेपालीले सामान लोड गर्ने गरी व्यवस्थापन गरिएको छ । यसरी सामान ढुवानी गर्दा दैनिक ७ वटासम्म चिनियाँ कन्टेनर नेपालतर्फ आइपुग्ने बताइएको छ ।
बाढी र पहिरोका कारण तीन महिनादेखि बन्द भएको नाका असोज १९ मा सञ्चालनमा आएपनि चीनतर्फ गएर सामान लोड गर्न खटिएका ७ जना नेपाली श्रमिकमा कोरोना देखिएपछि सञ्चालनको दोस्रो दिनमै बन्द भएको थियो । नेपाली पक्षले नाका खुलाउन पहल गरेपनि चीनले कोरोना महामारिको जोखिमका कारण भन्दै सीमा नाका खोल्न मानेको थिएन । अब भने तातोपानी नाका निर्वाध रुपमा सञ्चालनमा आउने विश्वास गरिएको छ ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #तातोपानी नाका
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्