नेपालमा अहिलेसम्मकै धेरै संक्रमित फेला,एकैदिन ३ हजार ४ सय ३९ जनामा संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४ हजार २ सय ९ नमुना परीक्षण गर्दा ३ हजार ४ सय ३९ जनामा कोरोना पुष्टि भएको हो । यसअघि २ हजार ७ सयभन्दाबढी एकैदिन संक्रमित थपिएका थिए । बुधबार थपिएका संक्रमितमध्ये १ हजार ६ सय ८४ जना काठमाडौं उपत्यकाका छन् ।
काठमाडौंमा १ हजार २ सय ९६, भक्तपुरमा ९५ ललितपुरमा २ सय ९३ जना संक्रमित थपिएका हुन् । यससँगै कुल संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ । यसैबीच नेपालमा पहिलो पटक संक्रिय संक्रमितको संख्या २५ हजार जना नाघेको छ । बुधबार ३ हजार ४ सयभन्दा धेरै संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघेपछि लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको थियो । तर, उक्त निष्कर्षअनुसार सरकारले लकडाउन गर्ने सम्भावना भने कम देखिन्छ ।
सक्रिय संक्रमितमध्ये ४ हजार ४ सय ११ होमआइसनेलेसन र १० हजार ५ सय ९६ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २ सय ३३ जनाको आईसीयू र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालहरूमा बेडको अभाव हुँदै गएको जनाएको छ ।
काठमाडौंमा संक्रमितहरूको व्यवस्थापन गर्न थप चुनौती देखिएको प्रवक्ता गौतम बताउँछन् । डाक्टर गौतमले संक्रमितको उपचार सरकारी र निजी दुवै अस्पतालहरूले गर्न आवश्यक रहेको पनि जानकारी दिएका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ४ सहित १५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै संक्रमित मृतकको संख्या ५ सय ७८ जना पुगेको छ । संक्रमितमध्ये ० दशमलव ६१ प्रतिशतको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र १ हजार १ सय २६ जना संक्रमणमुक्त भएका छन् । ६८ हजार ६ सय ६८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको कुल प्रतिशत ७२ दशमलव ८ प्रतिशत रहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #संक्रमण पुष्टि, #सक्रिय संक्रमितको संख्या
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्