रसियाले उत्पादन गरेको साँढे २ करोड ५० लाख डोज खोप नेपाल ल्याउने सम्झौता
काठमाडौ । विश्वमै पहिलोपटक खोप विकास गरेको दाबी गर्दै आएको रसियाले नेपाललाई कोरोना भाइरसविरुद्धको साढे २ करोड ५० लाख डोज खोप दिने भएको छ । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपालको औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सकबीच २ करोड ५० लाख डोज रुसी भ्याक्सिन ‘स्पुतनिक–५’ नेपाल ल्याउने सम्झौता भएको हो ।
नेपालमा मात्र नभएर एसिया, मध्य पूर्व, ल्याटिन अमेरिका, युरोप र सीआईएसका ५० भन्दा बढी मुलुकहरुले ‘स्पुतनिक भी’ को माग गरेको निर्माण पक्षले जनाएको छ । फन्डका प्रमुख कार्यकारी अधिकृत किरिल डिमिट्रेभले ट्रिनिटीसँग सम्झौता भएको र नेपालका ९० प्रतिशत जनसंख्याका लागि पुग्ने गरी भ्याक्सिन उपलब्ध गराउने बताए ।
यसअघि आरडीआईएफले मेक्सिकोसँग ३२ मिलियन डोज, ब्राजिलसँग ५० मिलियन, भारत – १०० मिलियन र उज्बेकिस्तानसँग ३५ मिलियन डोज खोपका लागि सम्झौता गरेको छ । रुसको स्वास्थ्य मन्त्रालयमा ११ अगस्टमा विकास भएको यो खोपलाई मानव एडिनोभाइरल भेक्टर प्लेटफर्ममा आधारित कोभिड–१९ विरुद्धको विश्वमा दर्ता भएको पहिलो खोप भनिएको छ ।
फर्मास्युटिकल्स एसोसिएसनका अध्यक्ष शशिकान्त चौधरीले ट्रिनिनीका बारेमा एसोसियसनलाई केही जानकारी नभएको बताए । सम्झौता भएपनि खोपको डोज कहिले नेपाल आइपुग्छ भन्ने एकिन भएको छैन ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #आरडीआईएफ, #कोरोना भाइरसविरुद्ध
ताजा खबर
- १चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण महासचिवमा दोहोरिने निर्णय गरेँः शंकर पोखरेल
- २दलहरूसँग संवादका लागि सरकारले बनायो समिति, अनिल सिन्हा संयोजक
- ३एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्
- ४एमाले अध्यक्षमा ओलीले गराए उम्मेदवारी दर्ता (तस्बिरहरु)
- ५एमालेको निर्वाचन तालिका संशोधन, साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन



तपाईको कमेन्ट लेख्नुहोस्