असोज १ गतेदेखि हवाई सेवा सुरु नहुने,आधा मात्र यात्रु राखेर उडान सञ्चालन नगर्ने सञ्चालकको घोषणा
काठमाडौं । सरकारले मंगलबार असोज १ गतेबाट हवाई सेवा सुरु गर्ने निर्णय गरेपनि सुचारु हुनेमा अन्यौलता देखिएको छ । वायुसेवा सञ्चालकहरुले ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्नुपर्ने सरकारको निर्णयमा असहमति जनाएका हुन् । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा १ असोजमा उडान खुला गर्ने निर्णय सार्वजनिक भएपनि सोही दिन जहाज उड्न नसक्ने र ५० प्रतिशत यात्रु राखेर समेत उडान सम्भव नभएको अडान सञ्चालकहरुले दोहोर्याएका छन् ।
मन्त्रालयले भने यसअघि तोकिएको सबैभन्दा माथिल्लो दरमा भाडा लिन पाउने गरी सहमति गर्न प्रस्ताव गर्दै आएको छ । तर, व्यवसायी भने भर्खरै महामारीका कारण घरभित्रै थुनिएर बसेका यात्रुले मँहगो भाडा तिरेर यात्रा गर्न नसक्ने भन्दै असहमति जनाएका हुन् ।
यसअघि सरकारले मंगलबार १ असोजबाट हवाई उडान खुल्ने बताएको थियो । तर, मन्त्राालयले मंगलबार नै वायुसेवा कम्पनीहरुलाई बुधबार छलफलका लागि गरिएको आमन्त्रणमा भने मन्त्रिपरिषद्बाट ५ असोजबाट उडान गर्ने उल्लेख छ । यसरी पटक–पटक फरक–फरक निर्णयले वायुसेवा सञ्चालक नै अन्यौलमा परेको व्यवसायीले बताएका छन् । सोहीअनुसार वायुसेवा सञ्चालकहरुले बुधबार नैअहिलेकै अवस्थामा सेवा सञ्चालन गर्न नसक्ने व्यहोराको पत्र दर्ता गरेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #१ असोजमा उडान, #वायुसेवा सञ्चालक
ताजा खबर
- १मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक
- २कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित
- ३प्रतिनिधि सभा सदस्यलाई शपथ गराउन बहुउद्देश्यीय हल तयार
- ४सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष
- ५नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने



तपाईको कमेन्ट लेख्नुहोस्