एकैदिन १ हजार १२० जनामा कोरोना पुष्टि,१ हजार ११२ जना निको
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ सय २० महिला र ८ सय पुरुष गरी १ हजार १ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यो सँगै देशभर कुल संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ । काठमाडौं उपत्यकामा थप ३ सय ८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३ सय ५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना रहेका छन् ।
यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ८ रहेको छ । यस्तै संस्थागत आइसोलेशनमा १० हजार ४ सय ९३ रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ६ सय १५ जना रहेका छन् । यसैगरी पछिल्लो २४ घण्टामा १ हजार १ सय १२ जना निको भएका छन् भने देशभर कुल निको हुनेको संख्या २३ हजार २ सय ९० पुगेको छ । देशभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २ सय ५१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या २ सय ५१ पुगेको हो । काठमाडौं र चितवनमामा ३–३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंका मृतकमा १ महिला र २ पुरुष रहेका छन् । यस्तै चितवनमा पनि २ महिला र १ पुरुषको मृत्यु भएको छ भने ललितपुर, तनहुँ र कपिलवस्तुमा पनि १–१ महिलाको मृत्यु भएको छ । यस्तै बाराका, भक्तपुर र धादिङका १–१ गरी ३ पुरुषको मृत्यु भएको छ ।
क्याटेगोरी :
प्रमुख समाचार,
ब्रेकिंग न्युज,
समाचार,
स्वास्थ्य
ट्याग : #कोरोना भाइरस सक्रमित, #निको
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्