कोरोना संक्रमणदर घटेन, एकैदिन ७ सय ७ जनामा संक्रमण
काठमाडौं । एकै दिन नेपालमा थप ७ सय ७ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा थप २ सय जना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १७४ जना रहका छन् भने ललितपुरमा १८ र भक्तपुरमा ८ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २९ हजार ६ सय ६४ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ६ जनाको निधन भएको छ । काठमाडौंमा मकवानपुर सप्तरी एक एक जना र पर्सामा जनाको मुत्यु भएको छ । यो सगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ । पछिल्लो २४ घण्टामा २ सय ६४ जना उपचार पछि निको भएर घर फर्किएका छन् । देशभरबाट अहिले सम्म १७ हजार ९ सय ६४ जना कोरोना संक्रमण पछि निको भैसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमण पुष्टिभएका हरुलाई अन्य ब्यक्तीहरुले नकारात्मक धारण राखिएको हुदा यस्ता व्यवहार नगर्न र सक्दो सहयोग गर्न अपिल गरेको छ ।
मन्त्रालयले सरकारले अपिल गर्दा गदौ पनि कतिपय निजि अस्पतालहरले असहयोग गरेको बताएका छन् । देशका विभिन्न अस्पतालका आइसियूमा १ सय २९ जनाको उपचार भैरहेको छ । त्यस्तै ७ जना भेन्टिलेटरमा रहेका छन् । सरकारले पछिल्लो २४ घन्टामा ११ हजार ८ सय ३२ जनाको पीसीआर परीक्षण गरेको थियो । अहिलेसम्म नेपालमा ५ लाख ६६ हजार २ सय ६० वटा पिसिआर विधिबाट परिक्षण भएको छ । अलिे देशभरका क्वारेन्टिनमा ११ हजार ७ सय ६८ जना रहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना संक्रमित, #संक्रमण पुष्टि
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्