एकैदिन ४ सय ६४ मध्ये १ सय ६ कोरोना संक्रमित काठमाडौं उपत्यकामा भेटिए
काठमाडौं । दैनिक काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । एकै दिन काठमाडौँ उपत्यकामा एकै दिन थप १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाडौँका ९२ जना, ललितपुरका १० जना र भक्तपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा ललितपुरका ३ र काठमाडौँका १४ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परिक्षणमा भक्तपुरका २, काठमाडौँका ३९ र ललितपुरका ३ जना, पाटन अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ५, भक्तपुरका १ र ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै वीर अस्पतालमा गरिएको परिक्षणका काठमाडौँका ४ जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा काठमाडौँका १ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ७ जना र स्टार अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ११ र ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको छ। यसैगरि विध ल्याबमा गरिएको परिक्षणमा ललितपुरका १ र काठमाडौँका २ जना, ह्याम्स अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ४ जना, नेपाल–कोरिया मैत्री अस्पतालमा गरिएको परिक्षणमा भक्तपुरका १ र काठमाडौँका १ जना र सूर्य हेल्थ केयरमा काठमाडौँमा गरिएको परिक्षणमा काठमाडौँका ४ जना कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौँ उपत्यकामा बिहीबार ८७ जना र बुधबार ६२ जना कोरोना संक्रमित थपिएका थिए। नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ। पछिल्लो २४ घण्टामा ४ सय २५ जना डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेहरुको संख्या १५ हजार ८ सय १४ पुगेको छ। पछिल्लो २४ घण्टामा ७ हजार ९ सय २६ जनाको पीसीआर गरिएको छ । हाल देशभर १० हजार २ सय ७ जना क्वारेन्टिनमा रहेका छन् । देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ३० रहेको छ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #काठमाडौं उपत्यका, #कोरोना संक्रमित, #परिक्षणका काठमाडौँ
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्