४१ अर्ब फसेको भन्दै अब उधारोमा सिमेन्ट नदिने उद्योगीको घोषणा
काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले उधारोमा सिमेन्ट बिक्री नगर्ने घोषणा गरेको छ । बजारमा ४१ अर्बभन्दा बढी रकम उधारो फसेर उद्योगहरु अप्ठ्यारोमा परेको भन्दै संघले बिहीबारबाट लागु हुने गरी उधारो कारोवार नगर्ने जानकारी गराएको हो ।
संघका अध्यक्ष ध्रुब थापाले लकडाउनको मारमा परेका उद्योगीहरु बजारबाट उधारो नउठ्दा थप समस्यामा परेको भन्दै उद्योग र उद्योगी लाई संकटमा पुर्याउनुभन्दा उधारो कारोबार रोक्ने पक्षमा पुगेको बताए । देशभरका हार्डवेयर व्यवसायीसँग सिमेन्ट उद्योगीले ४१ अर्ब भन्दा धेरै बक्यौता उठाउन बाँकी रहेको उनको दाबी थियो । उपभोक्तालाई सस्तोमा सिमेन्ट बिक्री गर्न उद्योगहरुलाई प्रोत्साहन गदै संघले डिलरलाई दिने स्कीममा समेत सीमा तोकेको छ । उद्योगहरुले डिलर तथा ग्राहकलाई सुन चाँदीको सिक्का, विदेश भ्रमण जस्ता अफर रोकेर वार्षिक तथा मासिक स्कीम २० प्रतिशत भन्दाबढी नबढाउन निर्देशन नै दिएको छ ।
कर्पोरेट तथा निर्माण कम्पनीलाई बैंक ग्यारेन्टीमा मात्रै ६० दिन भित्र तिर्नेगरी सिमेन्ट बिक्री गर्न पनि संघले भनेको छ । साउन १ भन्दा अघिको उधारो सूची तयार गरेर उधारो असुली संयन्त्रमा पठाउने तयारी समेत संघले थालेको छ ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, समाचार
ट्याग : #उधारोमा सिमेन्ट नदिने
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्