जेठ १९ को त्यो रात…. दरबारहत्या काण्डको १९ बर्ष
काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज १९ वर्ष पूरा भएको छ। १९ वर्षअघि अर्थात २०५८ साल जेठ १९ गते आजकै दिन तत्कालिन राजा वीरेन्द्र शाहको बंशनाश भएको थियो। राजदरबारभित्र भएको गोलीकाण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुती, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको हत्या भएको थियो।
घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए। घटनापछि तत्कालिन सरकारले छानबिन समिति गठन गरेपनि अझै हत्याको यथार्थ र सर्वसाधारणको चित्त बुझ्ने जवाफ पाएका छैनन् । जेठ १९ नेपाली इतिहासको एक कहालीलाग्दो दिनका रुपमा चित्रित भइरहेको छ ।
तत्कालिन छानविन समितिले युवराज दिपेन्द्रलाई नै हत्यारा बनाएको थियो । प्रेम सम्बन्धका कारण दरवार हत्या काण्ड गराएको निष्कर्ष समितिले निकालेपनि त्यो कुरा अहिले पनि कसैले पत्याएको छैन् । त्यसपछि बन्ने सरकारले हत्याकाण्ड पत्ता लगाउने बताइरहे । तर, कुनै सरकारले त्यसको छानविन र घटनाबारे वास्ता गरेको देखिदैन् । १९ बर्षसम्म दरबार हत्याकाण्ड रहस्यम नै छ । हत्याकाण्ड पछि अहिले नारायणहिटी दरबारलाई संग्राहलय बनाइएको छ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #दरबारहत्या काण्ड
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्