बाँकेको ठुरियामा गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु, २१ घाइते
बाँके । जिल्लाको ठुरिया जंगलमा गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । आइतबार राति १२ बजे भएको दुर्घटनामा ११ जनाको घटनास्थलमै र एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतकमध्ये ११ जना पुरुष र एक जना महिला छिन् । घाइते २० जना पुरुष र एक महिलाको भेरी अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
दुर्घटनामा परेकाहरु भारतका विभिन्न शहरबाट आएका थिए । नेपालगञ्ज नाकाबाट उद्धार गरेर उनीहरुलाई सल्यान पठाईँदै थियो । ना ५ ख ५९९५ नम्बरको हाइस गाडीमा ३३ जना सल्यानतर्फ जाँदै थिए ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा हाइस दुर्घटनामा परेको हो । मृतकहरुको सनाखत हुन बाँकी छ । उनीहरु दांग, रोल्पा, सल्यान र रुकुमका रहेको बताइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #गाडी दुर्घटना
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्