चौरजहारी घटनाका दोषीलाई तत्काल कारवाही गर्न पूर्वराज्यमन्त्री शाहद्धारा माग
काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्व राज्यमन्त्री गोपालजी जगं शाहले गत शनीवार चौरजहारीमा भएको हत्या तथा बेपत्ता पारिएको घटनाको भत्सर्ना गर्दै कानुनी कारवाहीका लागि माग गरेका छन । प्रेम सम्वन्धका विषयमा भएको उक्त घटना मानवीय मुल्य मान्यता विपरित भएको भन्दै शाहले उक्त घटनामा वेपत्ता पारिएकाको खोजी गर्न र घटनाको अनुसन्धान गरि दोषिलाई हदै सम्मको कानुनी कारवाहि गर्न सरोकारवाला निकायहरुसंग आग्रह गरेका हुन । रुकुम जिल्ला चौरजहारी नगरपालिका ८ सोतीमा अन्तर्जा्तिय प्रेम सम्बन्धका कारण जाजरकोट जिल्ला भेरी नगरपालिका – ४ रानागाउँका नवराज बि।क।, गणेश वुढा र चौरजहारी न।पा। १ का टिकारामा सुनारको बिभत्स रुपमा भएको हत्या र ४ जना युवाहरु बेपत्ता भएको खवरले आफु स्तब्ध भएको विज्ञप्तीमा उल्लेख छ ।
सोमवार एक प्रेस विज्ञप्ती जारी गर्दै जातिय विभेद गर्नु नेपालको संविधान अनुसार गैरकानुनी र मानवीय हिसावले कंलकित कार्य भएकाले जातिय हिसाव कुनै पनि कार्य गर्न कसैलाई पनि छुट नभएको शाहको भनाई छ । सामुहिक हत्या र वेपत्ता पार्ने गरि भएको यस घटनाले फेरी पनि आम नागरिकहरुलाई संसकित वनाएकाले यस घटनाको सत्यतथ्य पत्ता लागाएर दोषिलाई हदै सम्मको कानुनी कारवाहि गर्न तदारुपताका साथ लाग्नु पर्नेमा जोड दिदै घटनाको वास्तविक छानविन गर्न संघिय, प्रदेश तथा स्थानीय सरकारका साथै अधिकारवादि संस्थाहरु राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय दलित आयोग लगायतका निकायहरुमा आग्रह गरिएको छ ।
जातकै कारण कुनै समुदायको मान्छे मारिनु मानव सभ्यता माथिकै लज्जाको विषय भएकाले आगामी दिनहरुमा यस्ता घटनाहरु दोहरिन नदिन सबै सरोकारवाला निकायहरुले ध्यान दिनु पर्ने शाहले जारि गरेको विज्ञप्तिमामा उल्लेख छ । विज्ञप्तीमा उक्त घटनाका पिडित परिवारलाई न्याय र उचित क्षेतिपुति प्र्रदान गर्न पनि आग्रह गरिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, राजनीति, समाचार, स्वास्थ्य
ट्याग : #गोपालजी जगं शाह
ताजा खबर
- १प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबिच भेटबार्ता
- २नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- ३रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ४बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ५नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण



तपाईको कमेन्ट लेख्नुहोस्