संविधान संशोधनमा कांग्रेस र जसपाबीच छलफल गर्ने तयारी
काठमाडौं । नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालबीच संविधान संशोधनबारे छलफल गर्ने बताइएको छ । शनिबार काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दुई पार्टीबीच भएको छलफलमा संविधान संशोधनको बारेमा थप छलफल गरी अघि बढ्ने सहमति भएको हो । जसपा नेपालका नेताहरु संविधान संशोधन लगायतका विषयमा छलफल गर्न बुढानिलकण्ठमा पुगेपनि छलफल टुंगोमा पुगेको छ्रैन् ।
सरकारले नयाँ नक्सा जारी गरेपछि त्यसलाई आधिकारिकता दिन संविधान संशोधन गर्न लागेको छ । त्यसमै अन्य विषय समावेश गरि एकैपटक संविधान संशोधन गर्नका लागि सरकारलाई दवाव दिन जसपाले काँग्रेसलाई आग्रह गरेको थियो । जवाफमा काँग्रेसले यस विषयमा आ आफ्नो बैठकमा छलफल गर्ने र पुनः बैठक बसेर थप निर्णय गर्ने दुई दलबीच सहमति भएको बताइएको छ । बैठक छिट्टै बस्ने भनिएको भएपनि कहिले बस्ने भन्ने तय भएको छैन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #संविधान संशोधन
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्