लकडाउन उलंघन रोकिएन, शनिबारदेखि जारी सबै पास रद्ध
काठमाडौं १ जेठ । सरकारले लकडाउन गरेको आज ५२ औं दिन । पछिल्लो समय लकडाउन उलंघन गर्ने क्रम बढेपछि सरकारले आजदेखि थप कडाई गर्न निर्देशन दिएको थियो । बुधबार भन्दा काठमाडौं उपत्यकामा केही कम सवारी साधन चले पनि लकडाउन उलंघन भने रोकिएन । सरकारले केही सरकारी कार्यालय र उद्योगहरु एक तिहाई कर्मचारीबाट सञ्चालन गर्ने निर्णय गरेसँगै काठमाडौं उपत्यकामा लकडाउन उलंघन गर्नेको संख्या ह्वात्तै बढ्यो । राजधानी लकडाउन नभएजस्तै देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नै मन्त्रीपरिषद बैठकमा असन्तुष्टि जनाए । प्रधानमन्त्री ओलीले लकडाउनमा कडा गर्ने निर्देशन दिएपछि बिहिबार एक जिल्लाबाट अर्को जिल्ला जान जारी गरिएका पास समेत रद्ध गरियो । तर, बिहिबार बुधबार भन्दा केही सवारी साधन कम भएपनि लकडाउन उलंघन भने रोकिएन ।
काठमाडौं उपत्यकामै कोरोना संक्रमित भेटिएपछि लकडाउन कडा गर्न सडकमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति छ । तर,बिभिन्न बाहनामा सडकमा नीजि सवारी साधन गुड्न छाडेका छैनन् । अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गर्दा गर्दै पनि कतिपयले भने अटेरी गर्दै नियम उल्लंघन गरिरहेका थिए । लकडाउन उलंघनको क्रम नरोकिएपछि गृहमन्त्री रामबहादुर थापाले काठमाडौं उपत्यकाका महानगर तथा नगरपालिकाका प्रमुखलाई नै बोलाएर बैठक बसाले । बैठकले शुक्रबारदेखि लकडाउन अझै कडा पार्नुपर्ने निष्कर्ष निकालेको छ । शनिबारदेखि जारी सबै पास रद्ध गर्नुका साथै खाद्यान्न तथा तरकारी ढुवानी गर्ने सवारी साधानलाई समेत चेकजाँच गरिने छ । प्रहरीले त्यसरी नियन्त्रणमा लिएकाहरूलाई ठाउँको ठाउँ ३ घण्टासम्म ‘होल्ड’ गरेर पठाउने गरेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #लकडाउन उलंघन
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्