Techie IT
  • २१ वैशाख २०८२, आईतबार
KhojPatrika

२० दिनपछि किम जोङ उन सार्वजनिक


काठमाडौं २० बैशाख । उत्तर कोरियाका शासक किम जोङ उन २० दिनपछि सार्वजनिक भएका छन् । उनको मुत्यु भएको समेत समाचारहरु सार्वजनिक भइरहँदा उनी २० दिनपछि सार्वजनिक भएका हुन् । किम एक रासायनिक मल कारखाना उद्घाटन कार्यक्रममा रिबन काटिरहेको तस्वीर रोयटर्सले सार्वजनिक गरेको हो । किमले उत्तर कोरियाका उच्च अधिकारी र आफ्नी वहिनी किम यो जोङको उपस्थितिमा रिबन काटेको तस्वीर सार्वजनिक भएको हो । यसअघि १२ अप्रिलमा सार्वजनिक कार्यक्रममा देखिएका किम अप्रिल १५ को आफ्ना हजुरवुवाको जन्मोत्सव कार्यक्रममा समेत उपस्थित नभएपछि गम्भीर विरामी परेर शल्यक्रिया गरिएको लगायतका समाचारहरु सार्वजनिक भएका थिए । केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमले किमको अवस्था आफूहरुलाई जानकारी भएको दाबी समेत गरेका थिए ।


क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #किम जोङ उन सार्वजनिक

तपाईको कमेन्ट लेख्नुहोस्