२० दिनपछि किम जोङ उन सार्वजनिक
काठमाडौं २० बैशाख । उत्तर कोरियाका शासक किम जोङ उन २० दिनपछि सार्वजनिक भएका छन् । उनको मुत्यु भएको समेत समाचारहरु सार्वजनिक भइरहँदा उनी २० दिनपछि सार्वजनिक भएका हुन् । किम एक रासायनिक मल कारखाना उद्घाटन कार्यक्रममा रिबन काटिरहेको तस्वीर रोयटर्सले सार्वजनिक गरेको हो । किमले उत्तर कोरियाका उच्च अधिकारी र आफ्नी वहिनी किम यो जोङको उपस्थितिमा रिबन काटेको तस्वीर सार्वजनिक भएको हो । यसअघि १२ अप्रिलमा सार्वजनिक कार्यक्रममा देखिएका किम अप्रिल १५ को आफ्ना हजुरवुवाको जन्मोत्सव कार्यक्रममा समेत उपस्थित नभएपछि गम्भीर विरामी परेर शल्यक्रिया गरिएको लगायतका समाचारहरु सार्वजनिक भएका थिए । केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमले किमको अवस्था आफूहरुलाई जानकारी भएको दाबी समेत गरेका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #किम जोङ उन सार्वजनिक
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्