प्रधानमन्त्रीमा प्रचण्डले माधवलाई अघि सार्दा ओलीले बामदेवको नाम लिए

काठमाडौं १८ बैशाख । सत्तारुढ नेकपाको बिबाद छताछुल्ल भएको छ । प्रधानमन्त्री फेरवदलदेखि पाटी अध्यक्षबाट समेत प्रधानमन्त्री ओलीलाई हटाउन खोज्दा नेकपाको बिबाद छताछुल्ल भएको हो । लामो रस्साकस्सी र हस्ताक्षरपछि छलफलमा जुटेका सचिवालय सदस्यहरुकै बीचमा बुधबार चर्काचर्की नै चल्यो । खासगरी बालुवाटारमै प्रधानमन्त्री ओलीका पक्षमा हस्ताक्षर सुरु हुन थालेपछि नेकपाको बिबाद यसै समाधान हुने सम्भावना न्युन छ । सचिवालय बैठकमा नौ जना छन् । केपी शर्मा ओली, ईश्वर पोखरेल, रामबहादुर थापा एकातिर छन् भने अर्को तर्फ पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र बिष्णु पौडेल अर्को तर्फ छन् । बहुमत सचिवालय सदस्य प्रचण्डतिर छन् । उनीहरुको एउटै आवाज छ सरकारले जनताको पक्षमा काम गर्न सकेन । सरकार र पाटी अध्यक्षबाट प्रधानमन्त्री ओलीले राजीनामा दिएर बाटो खुला गर्नुपर्ने बताइरहेका छन् । तर, ओली पक्षधर यो मान्न तयार छैन् उनीहरु त बहुमत सांसदको संख्या जुटाउन हस्ताक्षर संकलन नै सुरु गरेका छन् । उनीहरुको दाबी छ संसदमा ओली पक्षधरको बहुमत छ । अर्को तर्फ प्रचण्ड, नेपाल, खनाल भने जसरी भएपनि दुबै पदबाट राजीनामा दिनैपर्ने अडानमा छन् ।
दुबैको रस्साकस्सीले नेकपामा खैलाबैला मच्चिरहेको छ । २० जना स्थायी समिति सदस्यले नै हस्ताक्षर गरेर स्थायी समिति बैठक बोलाउन पत्र बुझाएका छन् । स्थायी समिति बैठकमा अल्पमतमा पर्ने डरले ओली स्थायी समिति बैठक बोलाउने पक्षमा छैनन् । स्थायी समिति बैठक बोलाएरै प्रचण्ड नेपाल ओलीको आलोचना गर्ने रणनिति बनाइरहेका छन् । बुधबारको बैठकमा बैशाख २० मा बस्ने सचिवालय बैठकले स्थायी समिति बैठक बोलाउने या नबोलाउने भन्ने निर्णय गर्ने बताइएको छ । अव स्थायी समिति बैठक कहिले बोलाइन्छ त्यो भने २० गतेको बैठक कुर्नुपर्ने हुन्छ ।
ओलीको प्रस्ताव बामदेव प्रधानमन्त्री
केही दिनअघि सचिवालयका ६ जना सदस्यबीचको एउटा छलफल थियो प्रधानमन्त्रीबाट ओलीलाई हटाएर माधव नेपाललाई बनाउने । नेपालको नेतृत्वमा मन्त्रीमण्डल नै बनाइएको सुचना बाहिर आएपछि बालुवाटारमा हल्लीखल्ली मच्चियो । प्रधानमन्त्रीका सचिवालय देखि ओली निकट नेताहरुले सामाजिक सञ्जालमा तिखो टिप्पणी गर्न थाले । त्यसैमा तल्लो तहका कार्यकर्तामै सामाजिक सञ्जालमा आरोप प्रत्यारोप चल्यो । प्रधानमन्त्री ओली र प्रचण्ड नेपालका छुट्टा छुट्टै गुटगत भेला पनि भए । प्रचण्ड नेपाल त कहिले भैंसीपाटी त कहिले नेपालको निवासमै छलफल चल्यो । प्रचण्डले प्रधानमन्त्रीमा नेपाललाई अघि सारेपछि नेकपा फुट्ने सम्मका आकलंन गरिए । बामदेव त बालुवाटारमै पुगेर प्रधानमन्त्री ओलीलाई बालकोट गएर आराम गर्न सुझाव दिए । यद्यपी गौतमले त्यो नभनेको पनि प्रतिक्रिया दिइरहेका छन् । तर, गौतमले ओलीलाई राजीनामा दिन भने सुझाएको पक्कै थियो । प्रचण्डले नेपाललाई प्रधानमन्त्री बनाउने तयारी गर्दै गर्दा प्रधानमन्त्रीको प्रस्ताव भने बामदेव गौतम तिर गएको छ । गौतमलाई अघि सार्दा उनीहरुको गुट भत्काउन सकिन्छ कि भन्ने सोचमा ओली पुगेका छन् । तर, त्यो सहज छैन् । गौतमलाई प्रधानमन्त्री बनाउन संबिधान बाधक छ । जसका लागि संविधान नै संशोधन गर्नुपर्छ त्यो पनि नेकपाले मात्रै संम्भव छैन् । प्रचण्डले नेपाल र ओलीले गौतमलाई अघि सार्दा अव नेकपामा अर्को समिकरण बन्न लागेको देखिन्छ । हुनत् तेस्रो बरियतामा नेपाललाई अध्यक्ष बनाउने ओलीको प्रस्ताव पनि छ । तर, नेपालले त्यो स्वीकार गर्ने देखिदैन् । अव नेकपाको बिबाद र समिकरण बदलिन्छ या उही रहन्छ त्यो प्रतिक्षाको बिषय बनेको छ ।
बिबादको गाँठो
प्रधानमन्त्री ओलीले दल बिभाजन सहज हुनेगरी अध्यादेश ल्याएपछि बिवाद उत्कर्षमा पुगेको हो । देश कोरोनाको जोखिम कम गर्न लकडाउन गरेको अवस्थामा दल बिभाजन गर्नेगरी ल्याइएको अध्यादेशले प्रधानमन्त्री ओलीलाई समस्या पार्यो । सबै घरभित्रै बसेको बेला राजनीतिक गतिविधि शुन्य रहेको अवस्थामा किन अध्यादेश ल्याइयो भन्ने अझै खुल्न सकेको छैन् । तर, संघीय समाजवादी पाटी नै फुटाउन अध्यादेश ल्याएको खबर बाहिरिएपछि समाजबादी र जनता दल नै एकीकरण हुन पुग्यो । पाटी फुटाउन तयार भएका नेताहरु नै पछि हटे । जसका कारण प्रधानमन्त्री ओलीको चौतर्फी आलोचना भयो । सांसद अपहरण काण्डले त झन समस्या बनायो । चौतर्फी आलोचनापछि प्रधानमन्त्री ओलीले अध्यादेश त फिर्ता लिए तर बिबाद झन बल्झिरहेको छ । हुनत् नेकपामा सचिवालय बैठकले बामदेव गौतमलाई राष्टिय सभामा पठाउने निर्णय गरेको थियो । तर, प्रधानमन्त्री ओलीले गौतमलाई पठाउने निर्णय कार्यान्वयन नगरेपछि बिबाद चर्कीएको थियो । प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण र त्यसपछि कोरोनाको त्रासले नेताहरु केही सामसुम जस्तो देखिएका थिए । तर, अध्यादेशले सेलाएको बिबाद फेरि बल्झाइदिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, विचार/लेख
ट्याग : #नेकपाको बिबाद
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्