बीरगञ्जमा कोराना संक्रमित ४ जना डिस्चार्ज हुँदै
पर्सा १४ बैशाख । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको पीसीआर परीक्षणको चौथो स्वाब रिपोर्ट पनि नेगेटिभ आएपछि डिस्चार्जको तयारी गरिएको छ । छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवकको चौथो रिपोर्ट नेगेटिभ आएको हो । पीसीआर परीक्षणका लागि चारजना संक्रमितको स्वाबको नमूना संकलन गरी शुक्रवार हेटौंडास्थित प्रादेशिक प्रयोगशाला पठाइएको र त्यहाँबाट चारै जनाको रिर्पोट नेगेटिभ आएको थियो । चारै जनाको लगातार दुर्इ पटक रिर्पोट नेगेटिभ आएपछि उनिहरुलाई आज डिस्चार्ज गरिन लागेको हो । नारायणी अस्पतालमा हाल पाँच जना कोरोना पोजेटिभ छन । एक जना विहिवार सर्लाहीबाट आएका हुन । उनी आएको तीन दिन मात्र भएकोले उनको पनि स्वाब नमुना परिक्षणको लागि पठाउने तयारीमा रहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #वीरगञ्जस्थित नारायणी अस्पताल
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्